तिम्ले मैले मानेजस्तो हैन रैछ राजधानी !
टाढाबाट जानेजस्तो हैन रैछ राजधानी !
हेर्दा कति उज्यालो छ ऐनाजस्तै बाटाहरू !
उज्यालोले तानेजस्तो हैन रैछ राजधानी !
भोकै मान्छे मर्दा पनि हेर्दो रैछ टुलुटुलु !
बाँडिचुडी खानेजस्तो हैन रैछ राजधानी !
स्वर्गकै बासिन्दा हुन्छुजस्तो लाग्थ्यो हाय हाय !
कल्पनामा छानेजस्तो हैन रैछ राजधानी !
एकै घर बस्छ मान्छे वर्षौं वर्ष वार्ता हुन्न !
मित्रताले धानेजस्तो हैन रैछ राजधानी !
फर्किजाँदा अलिकति गाउँ लैजाउँला भन्थें !
धत्तेरिका ! लानेजस्तो हैन रैछ राजधानी !
(सिन्धुली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।