(१)
जति प्रहार गरे पनि पत्थरले चोट सहन्छ
शिल्पकारको हातमा परे ढुङ्गा मूर्ति बन्छ
दीनदु:खीको भलाइ गर्ने रुचि छैन कसैको ,
मन्दिरमा मूर्ति राखिदिए देवता भेटे भन्छ ।
(२)
केही भन्नै हुन्न रिसाइ हाल्ने तिम्रो बानी रैछ
गरीबको घरमा सधैं पाक्ने खोले पानी रैछ
देखें मैले जिन्दगीमा ठूलाठूला रङ्गीन सपना
आज भोलि भन्दाभन्दै छिट्टै उमेर जानी रैछ ।
(३)
जीवनमा कहिले ओराली कहिले उकाली आउँछ
कहिलेकाही नयाँ काम गर्न खोज्दा गाली आउँछ
निरन्तर अगाडि बढेका पाइलाहरू रोक्दै नरोक्नु ,
गन्तव्यमा पुग्नपर्छ एकदिन सबैको ताली आउँछ ।
(बागलुङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।