हिँड्दा-हिँड्दैको यात्रा
अचानक रोकेर
मेरो छेउमा उभिएको छ
एउटा मानिस ।
मैले,
जिज्ञासाको नजर फाल्दै
त्यस मानिसतर्फ हेर्न नभ्याउँदै
उसले भन्यो
सपनाहरू हराएका छन्
म खोज्न हिँडिरहेको छु ।
उसको कुरा सुनेर
आश्चर्यचकित हुँदै
हेरिरहेँ एकनास
तलदेखि माथिसम्म उसलाई ।
खुट्टामा फाटेका
गोल्डस्टार जुत्ता थिए
शरीरमा मैलो परेका
पातलो कलेजी रंगको कमिज ।
मैले फेरि उसको
अनुहारतिर पुलुक्क हेरेँ
अनुहारमा बेग्लै चमक थियो
लाग्छ लक्ष्य चुम्न लालायित छ ।
मैले सोधेँ
भेटिन्छन् त सपनाहरू ?
जवाफमा उसले
सहजै भन्छन्
यताकतै हराएका छन्
म खोज्न हिँडिरहेको छु
एकदिन
अबश्य भेटिनेछन्
सपनाहरूले पछ्याउँदैनन्
हामीले पछ्याउनु पर्छ ।
(घोराई, दाङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।