पहिलो पटक बचरा गुड छोडी गएपछि
बिचरा परेवा जोडी एक्लो जस्तो भएपछि ,
चिन्ता पर्दोरहेछ - नियास्रो लाग्दो रहेछ
भोक- निद्रा सबै टाढा भाग्दो रहेछ ।
जब बचरा गुड छोडी उडी गए
परेवा जोडी नियास्रिए- चिन्तित भए,
आमा चरी बिचरीको थामिएन आँशुको झरी
बाउ चरा बिचरालाइ पनि लाग्यो पल शुन्यसरि ।
संसारको रित शायद यस्तै हुँदोरहेछ
बचरा बिना चराको मन रुदो रहेछ,
तर बचरालाइ स्वच्छन्द उडान भर्न दिनै पर्दोरहेछ
शुन्यताको पिडा सायद पछि समयले भर्दोरहेछ ।
बचराले तर आफ्नो गुड भुल्नु हुन्न है
लक्ष्य तर्फ बढ्नु पर्छ - यत्रतत्र डुल्नु हुन्न है,
अध्ययन मनन गरी दक्ष सक्षम हुनुपर्छ
उडान उच्च राखी चन्द्र अनेक छुनुपर्छ ।
चारा टिपि दिनभरि साँझ गुडमा फर्क है
बाज चील पन्क्षीसंग बन तिमि सतर्क है,
तिमी पन्क्षी हौ - परिवार प्रेम र शान्तिको प्रतीक
सक्नुपर्छ तिमिले छुट्याउन अब ठिक र बेठीक ।।
(नेपालगन्ज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।