लेख्न त
हाम्राले पनि लेख्छन् - साहित्य
[ सुकुल गफ ]
तर
निषेधको राजनीति दिवार बनेर ठडिएपछि
बिभेद ठुस्स गह्नाउँछ
[ गफको प्रस्थान बिन्दु ]
जस्तोकि,
उनीहहरूले जे लेखेपनि
-कविता बन्छ
-निबन्ध बन्छ
-उपन्यास बन्छ
-कथा बन्छ
[ एउटा उदाहरण ]
बिडम्बना !!
हाम्राहरूको बिशुद्ध साहित्य बन्दैन
[ बिभेदको गन्ध ]
प्रश्न: के बन्छ त ?
उत्तर: शरणार्थी साहित्य बन्छ रे
[ प्रक्षिप्त कथानक ]
अरे अनि साहित्य आफैमा
-सार्वभौम सत्ता हो
-अन्तस्करणको बिशुद्ध स्फूरण हो
-सत्यको सुन्दर प्रकाशन हो
र
ग्राह्य आलोचना साहित्यको सौन्दर्य हो, होइन र?
[ सत्यार्थ प्रकाशन ]
अनि त भन्दैछु अघिदेखि नै
यो सब बुझेका बुझक्कडहरू हो
तिमीहरूलाई एउटा प्रश्न
साहित्य कहिलेबाट शरणार्थी हुन थाल्यो हँ ?
[ अनुत्तरित प्रश्न ]
पर्दा खस्छ
प्रश्न अनिर्णयको बन्दि बन्छ
समाप्त
(अमेरिका )
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।