(१) घरभित्र लत्याएर परिवारमा अशान्ति बढाउँछन् मन्दिरमा साक्षात देवी भनेर फूल पाति चढाउँछन् नारीमाथि दिनदिनै पाशविक अत्याचार चलाउनेहरू बाहिर नारी सशक्तिकरणको रसिलो पाठ पढाउँछन्। (२) नभुल्नु माटोलाई साथी आफू आकाश चढेपछि फर्केर हेर्नु भुइँमा जीवन यात्रामा अघि बढेपछि तिमीलाई जसले सहारा दियो याद गरेनौ भने सबैले थु थु गर्नेछन् घमण्डको आगोमा डढेपछि। (३) कोरोनाले हिँसा द्वेष कुविचार बगाएर जाओस् मनभित्रको क्रूर राक्षसलाई जलाएर जाओस् शान्ति समन्वयको स्वस्थ भावना स्थापना गरेर वरिपरि भातृत्वको आदिपाठ पढाएर जाओस्। (गेलापोखरी, असम)