रुढीबादीहरूले बनाएको जातपातदेखि डराएँ मायाले कठघरामा राखी दिएको घातदेखि डराएँ सबै मान्छे रगत मासुले नै बनिएको हो हजुर सत्ताले श्रेणीमा राखी गरीबलाई मारेको लातदेखि डराएँ । स्वच्छ समाज गठन अन्धविश्वासको टालो हटाउनु पोथी बासे घर संसार चल्दैन भनेको बातदेखि डराएँ । मर्यादाको घेरो छोरी- चेलीलाई मात्रै किन हजुर छोराको गल्ती छोपी नौलो कार्यको सुरुआतदेखि डराएँ । पहिरनमा किन देखाउँछौ हजुर जथाभावी दोष गुन्यु चोलीमा नरपिशाचले लगाएको हातदेखि डराएँ । (गोवालपाड़ा, असम)