(१) निमुखाको लागि कहरहरुको सीमा कहाँ हुन्छ र ? पाखण्ड पालिरहने सहरहरुको सीमा कहाँ हुन्छ र ? जीवनलाई सरल बनाएर बाँचे जीवन सफल बन्छ, नत्रभने जीन्दगीमा रहरहरुको सीमा कहाँ हुन्छ र ? (२) तपाईं कसैको लागि खाडल खन्नुस्, उस्ले तपाईको लागि खन्नेछ। तपाईंले अरुलाई बेइमान भन्दैगर्दा अरुले त्यही तपाईंलाई भन्नेछ । भयो धेरै भयो- अहंकार भरेर मनमा, खुट्टा तानातानमा अल्झेको, हरेक मौसममा आफ्नो मनमा गुराँस फुलाऔं, संसार बगैँचा बन्नेछ। (३) दिनैपिच्छे इन्धनको भाउ बढेकोमा खेद लाग्छ । त्यसैले एक गरीबको घाउ गढेकोमा खेद लाग्छ । यो देशको ठेक्का लिएर भ्रष्टाचारी नेताहरूले, बर्षौं देखि जनताको बुइ चढेकोमा खेद लाग्छ ।