(१)
फूल कहाँ फूल जस्तो हुन्छ पात झरेपछि
बाचा कहाँ बाचा जस्तो हुन्छ घात गरेपछि
यताउता तलमाथि सबै रित्तो-रित्तो हुँदा
मान्छे कहाँ मान्छे जस्तो हुन्छ मन मरेपछि ।
(२)
मैले देख्ने सपनामा आँखा आँखा डुल्छौ तिमी
मेरो मनको बगैचामा डाली डाली फुल्छौ तिमी
कुन शब्दले बयान गरुँ कहाँ कता सजाऊँ म
वर्षासँगै इन्द्रेणी र आकाश झैं खुल्छौ तिमी ।
(३)
कालोलाई सेतो बनाउनेहरु पनि छन्
सेतोलाई कालो भनाउनेहरु पनि छन्
दुनियाको खै के कुरा गरूँ र अचेल
कुहिएर ठुस्स गनाउनेहरु पनि छन् ।
(पोर्चुगल)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।