निश्चित गन्तव्य अनि सुनौला रहर बनाउनु छ । संघर्षका ईट्टाले कर्मको एउटा घर बनाउनु छ । टालेर व्यबहार भत्केको ठाउँ रोपेर ज्ञानको बिउ आमा जसरी हुन्छ जीवनलाई सुन्दर बनाउनु छ । साथ दिनेलाइ सम्झिने मन बनाउन नसकिएला पीडा दिनेलाई नबिर्सने मुटु सकभर बनाउनु छ। फूल हो यो जिन्दगी ओइलिएर झर्नु अघि, सुन्दरता बेचेर सुगन्धलाई अजर बनाउनु छ। (बर्दिया)