त्यसपछि देखिन्छ अखबारको एउटा कुनामा रंगीन अन्डरवयरको विज्ञापन अर्कापट्टी छ, लगौंटीमा साधुको तस्वीर अकस्मात कविको मानस पटलमा केही झिल्को पस्छ ‘इन्द्रीय, लगौंटी र ब्रह्मचारी’ सम्भवत यस्तै शब्दहरुले फन्को मार्छन् अनि लेख्छन् कविता ‘ब्रह्मचारीले सात वर्षीया बालिकामाथि उत्तेजनाले उचाले लगौंटी’ तर म बुझ्दिन ब्रह्मचारी या बलात्कारी ? किरिङ मिरिङ हुन्छ मष्तिस्क सोच्न लाग्छु असल ब्रह्मचारीले त इन्द्रियहरुलाई आफ्नो वसमा राख्न सक्नु पर्ने हो या एकान्त स्खलित हुनुपर्ने हो ब्रह्मचारीको निहुँमा ढोगं ओड्ने हे क्रुर बलात्कारी ! मध्य रातमा उठी कराउँछु जोडले फुकालऽऽ लगौंटी, निकाल बाहिरी आवरण कि विवाह गर् अनि लगा अन्डरवयर कहीँ भक्तको नाममा, कहीँ इश्वरको नाममा यौवनको अन्धो भई नगर क्रुर हर्कत युगौंदेखि र अनिश्चित कविले यो कविता लेख्दासम्म पोखिरहेछन् केही ब्रह्मचारीहरु यसरी नै उत्तेजना मलाई यस्तो लाग्छ काटिनु पर्ने त बलात्कारीको लिंग नै हो त्यो लगौंटीभित्र समाधीमा बस्दैन भने यहाँले झुक्किनु भयो होला अखबारमा देखिएको साधु हैन ! त्यो अपराधी हो, गधा हो दशकौंपछि झिक्दैछु एउटा पुस्तक दराजको भित्री कुनाबाट र झस्कदै पढ्दै छु ती कविलाई तिनको पर्दा पछाडिको कवितालाई छाम्दैछु शब्दहरु इन्द्रिय, लगौंटी र ब्रह्मचारी खोज्दैछु फरक लगौंटी र अन्डरवयरको ! (अमरिका)