नशा ... अहो यो नशा ! सुरेश कुमारको गीत जस्तो उफ्फ् ...यो नशा ! खैनीको जस्तो सिगारको जस्तो होइन रक्सीको जस्तो आमलाको भट्टी पसलमा भुकभुके उज्यालोमा हात थरथर कमाउँदै रातभरि नालीमा घोप्टे सुतेको त्यो मत्थु मान्छेको नशा जस्तै उफ्फ् ...त्यो दुर्गन्धलाई सहेर आमलालाई रक्सी बेच्ने नशा जस्तो हो... यो नशा ड्रस र अफिमको नशा जस्तो कसैको घरअघि तारमा सुकाएको थोत्रे लुगा काखीमा चेपेर मालिकलाई नैं बेच्न पुगेजस्तो ग्यास चुल्होमा पाक्दै गरेको प्रेसर कुकरको .. दालसँगै बाबु बिमार भएको बहानामा बिक्री गर्न पुगेको विवश त्यो नशा तर... मलाई यतिखेर "म"को नशा छ हिज आज ... उसको बदनाम हुनु र गर्नु ... मेरो नशा बनेको छ मलाई ...उसको काचाककुचुक परेको अनुहार पढ्ने नशा चढेको छ उसो त , उसको रूप, रंग केही मन पर्दैन् मलाई तर उसको हिँडाइ, उसको चालडाल, उसको हात नचाउँदै बोल्ने, आँखा तर्दै हिँड्ने बानी उसको बगमफुसे बातको भने मलाई नशा चढेको छ म अवाक छैन् किन कि मैले पाएको जातै त्यस्तो हो नि कुनै मन्दिरमा ठ्याक्क सजिएको शिला जस्तो म तल्लो घरको बजैले बारी खनेको, बिडी तानेको, ढबकीमा जाड पिएको यी सबै मेरो नशामा परेको चर्चाको मुख्य ओखती यसै ओखतीले भेटेको छ मलाई मपाईंवादको नशा छ मलाई हैकमवादको नशा छ मलाई पैसाको नशा छ अन्य के के हो हो, कुन्नि बरू बौह्री उठ्लान् चिहानमा सुतेका लासहरू आफ्नो तिर्खा मेटाउन तर ..छिः ...मलाई न त स्वभिमानको डर लाग्यो न त तिर्खा नै बस एउटा नशा लाग्यो झण्डाको रंग फेर्न साहित्यलाई गुटबन्दीमा अल्मलाएर घरभित्रको कोठामा झुण्डाएको त्यो सम्मान पत्रलाई सुमसुमाउँदै भाषा / साहित्य /कला/ संस्कृतिको आत्मदाहमा रमाउने फेरि यति मात्रको नशाले कहाँ पुग्ने मलाई फेसबुकको भित्तामा आफै - आफ रात -रात चर्चित बन्ने नशा कुनै सोह्र बर्षकी युवतीको लोभलाग्दो बैँस जस्तो बस अहिले मलाई यहि नशा चढेको छ त्यो नशा ...कसैलाई गाली गरेर हुन्छ कि कसैलाई औँलाएर कसैलाई उचालेर हुन्छ कि कसैलाई खसालेर बस मलाई मपाईंवादको नशामा डुबुल्की लगाइरहनु छ । (दार्जिलिङ)