प्रेमिल जोशमा रापिएको
प्रेम दिवश
यानेकी भेलेनटाइन डे
अमुर्त सपना सजाएर
प्रारम्भ हुन्छ
उषाकाकिरण बनेर
या
उजाड मरुभूमि बनेर
यहीँबाट जीवनका
प्रतिबिम्बित स्वप्निल यात्रा
यो गुलाबको फूलझैं ।
लैला मन्जुलको प्रेम होस्
या, मुना मदनको प्रेम
या त काले र भुन्टीको
भावनात्मक प्रेम होस्
आखिर
मुटु मुटुसँगको नाता
अनि
धड्कन धड्कन बिचको
पारस्परिक सम्बन्ध
प्रेम, प्रेमी, प्रेमिकासँगको
तृतिप्त उमंगको होस् ।
यहि गुलाबी प्रेमबिच
नाम्लाको डामले निर्मित
पसिनाको तालु पोखरी
सुक्न पाउँदैन
त्यो रातो गुलाबको फूलको सट्टा
तिखा तिखा काडाहरु सुल बनेर
मुटुमा रोपिदा
यो भेलेनटाइन डे
यानेकी
प्रेम दिवशसँगको नातामाथि
प्रश्न छ
प्रतिउत्तर आउँछ भने
मुटुमा बिझेका काँडाहरु
फूल साबित हुन सक्छ
तिम्रो प्रेमिल यो
गुलाबी मुस्कानमा, मायामा ।
त्यो रातो फूल
गुलाबको फूल
प्रेमिल गुलाबी फूल
बर्षेनि दुष्ट नजरहरुसँग
बर्षेनि तिखा काडाहरुसँग
पौठेजोरी खेल्दै
विवशता बिचमा पनि
फुर्लुङ्ग मुस्कुराइदिन्छ
फूल बनेर
अनि
इश्र्यालु नजर रोकिन सक्दैन
र टिपिन्छ
प्रेम दिवश
यानेकी
भेलेनटाइन डेमा
प्रेमको सूचक
प्रेमको प्रतीक
रातो गुलाब
स्वीकार्ने कोहि छ ?
तर विवश
सदाझैं यो घायल मुटु
हावाले भरिएको बेलुनझैं
प्वाट फुट्छ
तप्प तप्प रगतका थोपाहरु
मुठिभित्र कैद हुन्छ
पैतालाको कुल्चाइमा
रातो गुलाब
स्वागतार्थ तल्लिन हुन्छ
बर्षेनि भेलेनटाइन डे
यानेकी
प्रेम दिवशमा
त्यो रातो गुलाब
मेरा लागि
विवश विवश हुन्छ ।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।