निभ्ने बेलाको दियो यसरी चर्किएको छ
मानौँ तेल होइन उसले मदिरा पिएको छ
खै के सम्झिन्छ र यसरी टोलाइरहन्छ ऊ
सायद सँगै लडेको ‘जिन्दगी’ सम्झिएको छ
काम त के के पो गर्ने हुन् कुन्नि यिनीहरुले
नाम चाहिँ सगरमाथा जस्तै चुलिएको छ
मृत्यु पनि लजाएर जाने छ हेरिरहनुहोस्
उसको स्वाभिमान यस्तो निर्भीक उभिएको छ
दिलमै पसौँ, दिलमै बसौँ भइरहन्छ आफूलाई
ढोकामा अनुमतिबिना प्रवेश निषेध लेखिएको छ ।
(मध्यनेपाल–५, लमजुङ हाल ः पोखरा)