‘एक सिक्काका दुई पाटा’ कति राम्ररी बुझेका पुर्खाले सुखदुखका कुरा । पुरुष–महिला, प्रकृति–पुरुषको सन्दर्भ । नजिकको आफन्त स्वार्थ मिलेसम्म परम मित्र । अलिकति तलमाथि भयो कि शत्रुताले काँडो तिखार्ने । यस्तै काँडाले घोच्यो सतीशको घरपरिवारलाई ।
सतीशको तीन बाबुछोरा समेत सात जनाको परिवार । जेठो छोरा बाउकै सल्लाहमा चल्थे । कान्छालाई बाउको सल्लाह अलिक बूढोपुरानो लाग्ने । यो पारिवारिक कलह छिमेकीले चाल पायो । सतीशको गैरीखेत र त्यसमाथिको पाखोमा राल काढिरहेको थियो । ऊ तातेको फलाम पिटिहाल्ने दाउले कान्छासँग नजिकियो । दुःखसुख घरव्यवहारका कुरा गरेर कान्छाको मन जित्न खोज्यो । उसले चियापानी खाजा नास्ताका लागि अर्थव्यवस्था गरी गरी फकाई फुल्याई ग¥यो । घरमै बोलाएर गोजी खर्च पनि दिँदै गयो ।
कान्छाले बादाइसँग दुरी बढायो । छली छिमेकीको भर पर्दै गयो । समय बित्दै थियो । यता कान्छाले परिवारका केही सदस्यको मन जित्दै थियो । उसले गैरीखेतको ठुलो कुलो छिमेकीसँग साझे बनाउने प्रस्ताव राख्यो । बाले मान्ने कुरै थिएन पराइलाई आफ्नो एकल स्वामित्वमा रहेका कुलाको पानी सित्तैमा दिने प्रस्ताव !
तर छिमेकीले कान्छालाई मजैले प्रलोभनमा पारिसकेको थियो । यस कुलोमा बाँध बाँधेर पानी पर पु¥यापछि बिजुली निकालेर दुवै घर उज्यालै बनाउने सपना देखाएर । परिवारका सदस्य पनि ‘हो कि !’ द्विविधामा परे । केही सदस्य त कान्छाको पक्षमा खुलेरै लागे । बाले ‘‘छिमेकीको मन कालो छ । यसले आपूmमाथि परेपछि हामीलाई दुधमाथिको माखाभैंm पर मिल्काउँछ, वास्ता गर्दैन’’ भने तर कान्छेले सुन्दै सुनेन ।
छिमेकी कानुनी रुपले पानी साझे बनाउन सफल भयो । बिजुली निकाल्ने कुरा विधिप्रक्रिया मिलाउने भन्दै मिठो बोलेर भाका सार्दै गयो ।
यता परिणाम खोज्नु स्वाभाविक थियो । कान्छाको पनि घरमा बत्ती बाल्ने सपना साकार पार्ने रहर । उसले छिमेकीसँग पटकपटक कुरा गर्न खोज्यो तर उसले भेटै नदिने, दिइहाले कहिले के कहिले के भनेर टालिरह्यो । अति भएपछि कान्छाले मुटु दरो पारेर बाचा सम्झाउन के खोजेको थियो । छिमेकीले प्याच्च भनिहाल्यो ‘‘तँ आफ्नी आमालाई धोका दिने मुलाले इमान जमानका कुरा गरेर के फुर्ती लाउँछस् ?’’