जो सहभागी हुने छैनन्
यो पागलपनमा
तिनीहरू मारिने छन् ।
जसले बिरोधमा बोल्छन
कठघरामा उभ्याइने छ
र,
जो साँचो साँचो बोल्ने छन
तिनीहरू मारिने छन् ।
उसको कमिजभन्दा सफा
जसको कमिज भए पनि खपिने छैन
जसको कमिजमा दाग हुने छैन
तिनीहरू मारिने छन् !
जसले चाकर बन्दैनन्
कलाको संसारबाट
बाहिर घोक्र्याइने छ तिनलाई
जसले जयजयकार गर्ने छैनन्
तिनीहरू मारिने छन् !
धर्मको ध्वजा उचाल्न
जो जुलसमा जाने छैन
ईश्वरको दुश्मन घोषणा गरिने छ
र गोलीले भुटिने छ !
यो समय
निहत्था हुनु र निरपराधी हुनु
सबैभन्दा ठूलो अपराध हो
जो अपराधी हुने छैनन्
तिनीहरू मारिने छन् !
अनु- बलराम तिमल्सिना
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।