ओ मेरो पतिदेवकी प्रेमिका
आऊ हामी हात मिलाऊँ
मित्रताको
सह- अस्तित्वको
"ऊ "
मेरो "पति"
तिम्रो "प्रेमी "
तिमीलाई जस्तै,
प्रेमकै बाटो भएर
पत्नी बनाएको हो मलाई पनि
तिमी र म मा के को दुश्मनी ?
के को ईष्र्या ?
के को डाह ??
एउटै हो मुटु तिम्रो ,मेरो
जति तिमीलाई दुख्छ ,त्यति नै दुख्छ मलाई पनि
आउ सँगसँगै दुखौँ
र महसुस गरौँ
लोग्नेमान्छेको वितण्डा
लोग्नेमान्छेको प्रेम
ऊ रुवाउँछ तिमीलाई
ऊ हाँस्न दिँदैन मलाई
र पनि तिमी प्रेम गर
र पनि म पूजा गर्छु
आऊ पतिदेवकी प्रेमिका
हामी गला मिलाऊँ !!
(काभ्रे)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।