मलाई थाहा छ
जिन्दगी सझौता होइन
तर यो पनि थाहा छ कि
बगेको खोला र बितेको समय फर्किदैन
तब त म तयार छु
सम्झौता गर्न आफ्नै मनसँग
अनि मनभित्र तिमीसँगै खेली रहने
पहाड र बादलहरुसँग
उकाली र ओरालीहरुसँग
देउराली र चौतारीहरुसँग
मिरमिरे र गोधुलीहरुसँग
जून र ताराहरुसँग
फूल र शीतहरुसँग
खाएका बाचा र लाएका मायाहरुसँग
जिन्दगीका हरेक पल पलहरुसँग
तीतो सम्झौता गरेको छु
अनि हरेक सम्झौताहरुमा
तिमीलाई एकैनास सम्झिरहेको छु !
(पोर्चुगल)