(१) जनता छन् पीडामा, सत्ताको खेल छ उता गाह्रो भयो किनी खान बढेको तेल छ उता कोरोनाको कहर उस्तै, प्रकृतिको पनि उस्तै बाँच्ने कसरी हो बाढी पहिरोको भेल छ उता ।। (२) मसँग त केवल यो दिल टुटेको कथा छ बिना कारण तिम्रो साथ छुटेको कथा छ मायाले चोट दियो, स्वार्थले राज गर्यो सययले खुसीसँगै हाँसो लुटेको कथा छ ।। (३) आफू जन्मेको जन्मभुमि माटो नबिर्स गाउँले खाना ढिँडो अनि आटो नबिर्स आखिर मरी जाने चोला न हो जिन्दगी जानुछ उही ठाउँ आएको बाटो नबिर्स ।। (बागलुङ)