हिजो आज वस्तीहरूमा स्यालहरूको
बिगबिगी बढेको छ
जङ्गलमा डढेलो लागेर होला सायद
बॉच्ने आधार खोज्दै
सिकारी स्यालहरु निमुखा बाख्रा पाठालाई
आहार बनाउन
दाह्रानङ्ग्रा तिखार्दै घाटी अठ्याउँदै निमोठिरहेका छन्।
त्रसित छन् गाउँ बस्तीहरु
आवाज बिहिन छन् बेसहाराहरु
चारैतर्फ घेराबन्दीमा परेका छन्
रगत चुसेर जुकाझैँ मोटाएका चिल्ला स्यालहरू
झुन्डझुन्डमा हुइयॉ मचाइरहेका छन्
तीन करोडको श्रम पसिना र मूल्यलाइ
आफ्नो पेवा ठान्दै
मोजमस्तीमा राष्ट्रिय ढुकुटी रित्याउने स्यालहरु
आफ्नो औकात बिर्सिएर
हुङ्कार गरिरहेका छन्।
स्यालहरुले युगौँयुग बस्तीहरु लुटिरहेका छन्,
भट्टीमा जिउँदा मानिस जलाइन्छन्
अबोध किशोरी बलात्कृत हुन्छिन्
अपहरित हुन्छिन्
रोग, भोक र शोकले प्रताडितहरुको
रोदन र क्रन्दन सुन्ने फुर्सद छैन
सिरेठोले हानेर कठ्याङ्ग्रिएको जीर्ण शरीर
आकाशलाई ओढेर धर्तीलाई बिस्तरा बनाउँदै
पुस माघको जाडोसँग मितेरी लगाउँदै
वसन्तको बिहानी पर्खदै छन्।
जीवन अस्तित्व बचाउन सङ्घर्ष गर्दै
आशाक़ो दियो बालेर
वसेका छन बन्द आवाजहरु
गाउँ बस्तीहरूमा
नरभक्षी स्यालहरुका डरले।
(मोरङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।