खुल्ला मस्तिष्क, मनमा शान्ति र हसिलो मुहार लिई
गर्दैछु म परिकल्पना, भविष्यको रमाई
हातभरि जाँगर छन् मेरा, नयनभरि सपना
कलमको शक्ति हातमा पारी, देशलाई सिँगार्ने छ चाहना।
घामको त्यो प्रकाशसँगै, उर्जा छ शरिरभरि
यो उर्जालाई सदुपयोग गरु अब म कसोगरी
पढ्न लेख्न साथ साथै जिज्ञासा सारा मेट्नु थियो
तर कोरोना आइलाग्यो, विश्व सारा ठप्प भयो।
विकटमा छ मेरो बास, सुबिधा नि निम्न छ
सन्चार माध्यमको नाममा, एउटा रेडियो मात्र छ
इन्टरनेटको माध्यमले कम्प्युटरमा पढ्छन् अरे
मनमा लाएका जिज्ञासा मेट्न त्यहा मिल्छ अरे।
तेह्र बर्षको मिहेनतलाई छर्लङ्ग पार्नु थियो पानीसरी
प्रयत्न थियो हामी सबैको तर बिचमा आयो महामारी
परिस्थिति के आइलाग्यो त्रास छ वरिपरि
मनमा एउटा पिर लिई, पढ्नु अब म कसरी ?
बढ्दो यो लहर छ कोरोनाको पनि
मनमा आएका प्रश्न सोध्न, भन कता जानी ?
जोहोतोहो गर्दै सबै व्यवस्था मिलाई
पढ्न बसे किताब लिई, अगाडि बढ्नलाई
अनुकुल थिएन समय ता पनि विद्यालय त गयौँ
कति पो सम्भव हुन्थ्यो होला, फेरि त्यसैको चपेटामा पर्यौँ
कठिनाई रहेतापनि प्रयास गरे एक्लै पढ्न
किताबका कठिन हिसाबसँग बानी पर्यो एक्लै लड्न
आत्मसन्तुष्टि मिल्यो साच्चै, सो अध्ययनबाट
परिस्थितिको सामना गर्दै पाए ज्ञान किताबबाट
प्रतीक्षा थियो अब मलाई परीक्षाको मितिको
तर रद्द भयो परिक्षा, कारण यस् कोरोनाको।
एक कुराले ठिकै भयो, बढ्दो यो महामारीमा
ज्ञानको लोभले लाभ गरायो सन्तुष्ट छु यसैमा
समय यो अनुकूल छ व्यक्तिगत विकासका लागि
समय हो यो घडी होइन बेट्री सकिए रोकिनलाई।।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।