ऊ भत्किरहेको घर हो के छ पालै पालो भल्काऊ के जान्छ तिमीहरुको सके आफू नै भत्काऊ नसके छरछिमेकी र आफन्त लगाएर भए पनि भत्काउन लगाऊ । ऊ भत्किरहेको घरलाई मज्जाले भत्काऊ कोहीले ऊ पागलको घर ऊ माडसापको घर हो भनी होच्याऊ र कर्के नजरले भत्काऊ सकिन्छ पालैपालो लातबुटले नै मुसुक्काउदै भत्काऊ । तोते बोली, किताबका अक्षरसँगै सिक्दै गरेका ती अवोध बालकहरुलाई पनि समयसमयमा टिउसन पढाउँदै सिकाऊ, अनि बिस्तारै भत्काउन र थुक्न लगाऊ अबाट अनार किन सिकाउने अबाट अहङ्कार सिकाऊ किनकि ऊ घरका ती कमजोर भएका ती धुरी, भित्ता छानो र जग भत्काऊ र गिराऊ होस्टेमा हैसे थपेर मज्जाले भोज भतेर गर्दै भत्काऊ । ऊ भत्किरहेको घर हो के छ पालैपालो भत्काऊ के जान्छ तिम्रो सके आफू नै भत्काऊ नसके आफ्न्त र छिमेकी लगाएर भए पनि भत्काऊ । पैसाले, पावरले आफू र आफ्ना मिलेर नै भत्काऊ ऊ डुकुको घर साइकोको घर ऊ फाइदा नदिने घर ऊ एक्लो घर नअघि र नपछि कोही आहा ! कति सजिलो छ भत्काउन । सहर बसाइ, जागिर पैसा गोजिमा सधैँ भएका ऊ त्यो पुरानो घर हाम्रो हो भन्न लाज मान्ने ऊ भत्किरहेको पूरानो घर तातो दूधजस्तो निल्नु न उकल्नु भाको शब्द बाणले नै भत्काऊ हैन डोजर चलाएर नै भत्काऊ ऊ भत्किरहेको घर के छ पालै पालो भल्काऊ के जान्छ तिम्रो सके आफू नै भत्काऊ नसके आफ्न्त र छिमेकी लगाएर भए पनि भत्काऊ । तिमीहरु पनि भत्किने हौ म पनि भत्किंदै छु ढिलो र चाँडो नै हो भत्किने तिमीहरु भत्किँदा हजारौं रुने होलान् ऊ घर भत्किदाँ कोही रुने नहोलान् बस फरक यति त हो जाने तिमीहरु पनि जाने ऊ पनि । तिमीले भत्काए पनि ऊ उठ्ने छ ! तिमीहरुका निकृष्ट सोच मार्फत ऊ घरलाई होच्याऊ र भत्काऊ धूलोमा किच तर पनि ऊ धुलोबाट नै उठ्ने छ कबाडी वा लाजको छाप्राबाट उठ्ने छ पीडामा उभिएको बिगतबाट पुन निमार्ण भइ उठ्ने छ । (गुलरिया हाल भक्तपुर)