घरको बरण्डाबाट छोरी कता निस्किबक्सेको भनेर भिमशमशेर आफ्नो छोरीलाई प्रश्न गर्दै थिए।
हरेक बिहान चादनी मन्दिर जाने गर्थिन्। मुखिया परिवारमा हुर्केर पनि सरल स्वभाव थियो उनमा। त्यस्तैले साथीहरु चाँदनीलाई “मनमाया” भनेर जिस्क्याउथे । धन र मन दुवै भएकी चाँदनी साथीहरू माझ जिम्मेवार अभिभावकको पर्याय बनेकी थिइन् । आखिर परिवारले जस्तो वातावरणमा हुर्काउन खोजेको थियो, त्यसको प्रतिफल थिइन् उनी।
“नानी तिमिलाई सन्चो भयो”? निथ्रुक्क बाटोमा भिज्दै गरेकि नानीमा सोधपुछ गर्दै थिइन् चाँदनी।
प्रतिउत्तरमा “मलाई सन्चो भयो दिदी भन्दै आफ्नो बाटो लागिन् ती सानी नानी। “सेवा नै धर्म हो” मुलमन्त्र आत्मसात गरेर घर छिमेकलाई मनग्ये सहयोग गर्ने गर्थिन्। हरेक दिनजसो फलफूल लगायत अन्य खानेकुरा जोहो गर्दै खानबाट बञ्चित जोकोहीको भोकलाई भोजन प्रदान गर्ने गर्थिन् चादनी।
चादनीको बिबाह भएको बर्षौ भयो तरपनि आजसम्म त्यो गाउँका हरकोहीले चादनीलाई भुल्न सकेका छैनन् “चादनी” अर्थात “मनमाया” भनेर सम्झिरहन्छ्न् र मनमायालाई पुकारिरहन्छन्।
(दमौली, तनहुँ)