म खोज्दै थिएँ
भर्खर उदाएका सूर्यका बिम्बहरूलाई
तिमी आकाशमा घुम्न नपाउँदै
हजारौं बादलहरूले छोपिदिए
र बर्षायौ अनेकौं आक्रोशहरू
हेर त मेरो सहर
तिम्रै आँसुको बर्षाले
निथ्रुकै भिजेका छन् हरेक दिनरात
कहिल्यै नसुक्ने गरेर
बगाएका छन् अनेकौं सपना
भत्किएका छन् कैयौं संरचना
कुनै उद्धार हुनै नसक्ने गरी..!
(त्रिपुरासुन्दरी, धादिङ)