ए कोरोना
हामी मानवहरूलाई
लकडाउन गराउन सफल भएँ भनी
तैले हामीलाई जितें भन्ठानेछस् ?
तैंले हामीलाई
पूर्णरूपले लकडाउन गर्न सकेको छैनस् ।
हामी किताब पढ्छौं
हामी शोध गर्छौं
के हाम्रो अध्ययन लकडाउन भयो ?
हामी आफ्नो परिवारलाई माया गर्छौं
के हाम्रो माया लकडाउन भयो ?
हामी ध्यान गर्छौं प्रार्थना गर्छौं
के हाम्रो श्रद्धा लकडाउन भयो ?
हामी आफन्त र साथीहरूसँग नभेटेर के भो ?
हामी बाइबर विच्याट र मेसेन्जरमा घण्टौं बोलेका छौं
के हाम्रो मित्रता लकडाउन भयो ?
हा हा हा ............. ऐ कोरोना
लकडाउन त तेरो हुन्छ अब केही दिनमा
तँलाई हाम्रा डाक्टरहरूले परास्त गराउने छन
ख्याल गर ....... कोरोना
हामी सबै मिलेर केहि दिनसम्म
आफ्नो घर मै रमाए
तँ आफै मरेर जान्छस्
तँ आफै विलयन भएर जान्छस ।
सावधान ..... कोरोना
अब हामी सबै सचेत भैसकेका छौं ।
(बर्मा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।