एएनएको वार्षिक उत्सवको अवसर पारेर आगामी जुलाई ३ मा अमेरिका व्यापी खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।
उत्तर अमेरिकामा बसोबास गरिरहेका कविहरूलाई दुई सय शब्दसम्मको समसामयिक विषयमा लेखिएको कविता जून २८ सम्ममा पठाउन अनुरोध गरिएको छ । अनेसासको सह-आयोजनामा हुने उक्त प्रतियोगिताको संयोजकको जिम्मा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजालाई दिइएको छ ।
संयोजक पूजाका अनुसार प्रतियोगितालाई पारदर्शी बनाउन उत्तर अमेरिकाकै तीनजना निर्णायकलाई छनोट गरि वाचनका लागि उत्कृष्ट दश कविको नाम सार्वजनिक गरिने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ३ सय, दुई सय र एक सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।