हेल्लो सरकार !
म तिम्रै मान्छे हुँ
यदि तिमीले बुझे !
तिमी त्यहाँ पुग्नुमा
ठूलै महत्त्व छ मेरो एक भोटको
केही छैन नबुझे ।
तर माफ गर !
म अन्धभक्त हुन सकिनँ तिम्रो
समर्थन गर्न सकिनँ तिम्रा गलत कामको ।
तिमीले कहिले
बाँदरलाई निर्माणको जिम्मा दियौ
कहिले बिरालोलाई दूधको साक्षी राख्यौ
अनि ब्वाँसोलाई वस्तु गोठालो पठायौ
संस्कृतमा विद्यावारिधि गर्ने डाक्टरबाट
मुटुको अप्रेसन गरायौ
कुखुराका सभामा
स्याललाई सुरक्षाकर्मी खटायौ
चोर छानीछानी राहतको भान्से राख्यौ
यी सबको समर्थनमा
के ताली बजाउँ म ?
अहँ हुन सक्दैन
अब कि त हुट्टिट्याउँले आकाश थाम्छ
कि त तिम्रो युगको अन्त्य हुन्छ ।
(तेह्रथुम हाल :झापा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।