हजारौँ खुसीको बलि दिएर
जिन्दगीका सुन्दर बगैंचा
तहसनहस पार्ने केवल
त्यही सम्झना थियो
आउँथ्यो प्रतिपल
मारेर जान्थ्यो
एष्टे् बनेर आफै पोल्दै
सपनाको अस्तु आफैभित्र
सेलाएर जान्थ्यो ।
हाम्रो खुसीको
एकएक पलको
हिसाब गरेर
ब्याज सहित असुल गर्न
नयनबाट बलिन्द्र धारा
अश्रु बनेर आउँथ्यो ।
यो भग्न हृदय अनि
अभिशप्त जीवनलाई
तिम्रो सम्झनाबाट भगाइरहन
खोज्ने मेरो प्रयास
सफल कहिल्यै भएन ।
यस्तो नशा रहेछ सम्झना
जसलाई कुनै रिहाबमा
लगेर छुटाउन नसकिने
कुनै अर्थमा भुलाउन नसकिने
नसम्झने प्रयास गर्नु
झनै सम्झनु रहेछ
बिर्सने प्रयास गर्नु
अझै सम्झनु रहेछ ।
मौनतामा आँसु पिउने
बानी त परेकै थियो
कोहीविना बाच्ने
अभ्यास गर्नु थियो
अर्धमृत अवस्थाबाट ब्युँझिएर
बाँच्न र बाँचिदिन पर्ने
बाध्यता अनि कस्तो
बिडम्बना थियो ।
त्यो अतीत, त्यो मुस्कान
अनि त्यो खुसी
आज अज्ञात शून्यतामा
बलात्कृत भएर आत्मदाह
गरिरहेको आभाष हुन्छ
अनि कहालीलाग्दो दु:खका
छर्राहरुले मुटु छेडिदिन्छ ।
तर गुनासो छैन जिन्दगीसँग
आखिर सम्झनामा यस्तो रुवाइ
रुन पाउँछु भने हजारौं खुसीको
हत्या गर्न सक्छु
मेरो मनको अदालतमा
सजायको कुनै दफा छैन
जुन तिम्रो सम्झना र तिम्रो
अभावको पिडाको बदलामा
तिमीलाई दिऊँ ।
(मान्द्रे, भोजपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।