न मलामी भेटिए न जन्ती भेटिए खै कस्तो विडम्बना
यत्रतत्र मान्छेका लाशहरु छरिए खै कस्तो विडम्बना !
हेर्दा हेर्दै यी आँखा अगाडि यस्तो बनायो जिन्दगीलाई
मान्छेलाई मान्छेले नछुने भैदिए खै कस्तो विडम्बना !
किन घरिघरि पोल्छ समयले पनि सहनै नसक्ने गरी
सेलाएनन् चिताहरु मात्रै दन्किए खै कस्तो विडम्बना !
न उपचार छ न वेड छ न अक्सिजन छ अस्पतालमा
पत्तै भैन को कहाँ कसरी पन्छिए खै कस्तो विडम्बना !
आउ संकटमा आफैले आफैलाई सम्हालेर अघि बढौँ
विकल्प छैन अरु गारो छ चिप्लिए खै कस्तो विडम्बना !
(टिकापुर, कैलाली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।