चारू म तिमीबिना बाच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु । छविले धेरै पटक चारूलाई भनेको थियो । चारूले मनमनै सोचिन्, मलाई यति धेरै माया गरेको छ, म अरू के खोज्नु हुन्छ भनिदिन्छु । आखिर सँगै कलेज पढेका छौँ । पछि मिलेर केही गरौँला ।
सात दिनसम्म भेट भएन कसैलाई सोधिनन् । एक दिन कलेज जाँदा बाटोमा छविलाई देखिन् । परैबाट बोलाउन असजिलो लाग्यो । छवि भएको ठाउँमा गइन् । मुसुक्क मुस्कुराइन् । छविलाई केही भन्नु भन्दा पहिले छविले बुझ्यो ।
प्रेम झ्याङ्गियो । चारूलाई पनि छविको व्यवहार मन पर्छ । व्यवहारिक लाग्छ । सोचेर खर्च गर्ने जथाभावी नवोल्ने उस्को सुन्दर सालिन व्यवहार छ ।
एक्कासी चारूलाई फुपूको छोरीको बिहेमा जानुपर्ने भयो । एक महिना फूपूको घरमा बसेर घर आइन् ।
हतार हतार छविलाई भेट्न डेरामा गइन् । छविको कोठामा एउटी महिला र तीन वर्षको बच्चा थियो । छवि डेरा सरेछन् । मनमनै सोचिन् ।
फर्किन लागेकी थिइन् । पछाडिबाट बेबी मलाई टाबेल देऊ न कता गयौ भन्ने आवाज़ सुनेर पछाडि फर्केर हेरिन् । छवि अर्धनग्न अबस्थामा चारूको पछाडि उभिइरहेको थियो ।
(विराटनगर)