राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित मासिक कार्यक्रम अन्तर्गत रुकुम साहित्य मालाको ८४ औँ श्रृंखला सम्पन्न भयो ।
कार्यक्रम २०७८ जेठ २२ गते भर्चुअल प्रविधिबाट भव्य रुपमा सम्पन्न भएको हो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।
अतिथिहरूमा राप्ती साहित्य परिषद्का वरिष्ठ केन्द्रीय उपाध्यक्ष टिकाराम उदासी, धनराज गिरी, रुकुम साहित्य मालाको योजनाकार तथा पहिलो व्यवस्थापक भरतकुमार शर्मा, राप्ती साहित्य परिषद्का उपाध्यक्ष कमलमणि देवकोटा, जिल्ला समन्वय समिति रुकुम (पश्चिम) का प्रमुख राजकुमार शर्मा, बरिष्ठ छन्द कवि कलानिधि दहाल, कवि खोलाघरे साइलो, प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरिप्रसाद बुढा, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दिपक शर्मा ‘समिर’, प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुम (पश्चिम) का अध्यक्ष कमप्रसाद देवकोटा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपायाय, साहित्यकार पूर्ण ओली, गोदावरी साहित्यिक प्रष्ठिानका सचिब रत्न बिरही, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का सल्लाहाकारहरू मुकुन्दप्रसाद शर्मा, मेगराज खड्का, शिवकुमार शर्मा दहाल, चन्द्रा ओली, कवि प्रकाश पाण्डे, दियालो साहित्य सरगमका अध्यक्ष शान्ति शर्मा, गणेश खतिवडा, महानन्द ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अमेरिका, कोरिया, क्यानडा लगायतका देशबाट समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा ७० भन्दा बढी साहित्यकारहरूको सहभागतिा रहेको थियो । रुकुम साहित्य मालाको ८४ औं श्रृंखलामा भर्चुअल मार्फत रचना वाचन गर्ने स्ष्टाहरूमा क्रमशः पवित्रा दहाल, गिरिप्रसाद बुढा, कवतिा उपाध्याय, केशबराज देवकोटा, धनराज गिरी, महानन्द ढकाल, कमप्रसाद देवकोटा, गणेश खतिवडा, शेषराज आचमर्य ‘दीक्षित’, शान्ती शर्मा, पवित्रा भण्डारी, पुस्कर रिजाल, मुक्ति गौतम, गुरु गौतम, इन्दिरा दहाल, मुकेश रिजाल, कमलमणि देवकोटा, डा. पूर्ण भण्डारी ‘पंकज’, सागर केसी, कुसुमाकर क्यानडाबाट, डा. कृष्णराज डिसी, प्रमोदकुमार शर्मा, रत्न बिरही, उत्तम भेटवाल, ओमबहादुर खत्री, पौडेल बिभुन्स, कलानिधि दहाल,, मुकुन्दप्रसाद शर्मा, अनीता ओली, शन्तोष श्रेष्ठ, हर्क केसी, रुपा केसी, नारायण प्रसाद नेपाल, उत्तमकुमार पानेख्रेल, पौडेल विमुख, प्रविण भण्डारी, लगायत तीन दर्जन बढी स्रष्ठाले रचना बाचन गर्नुभएको थियो ।
वाचित रचनाहरूको समीक्षा कवि खोलाघरे साइलोले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. देवी नेपालले छन्द कविता लेखनबारे प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का सचिब ओम बहादुर खत्रीको स्वागत मन्तव्य रहेको थियो ।
धन्यवाद ज्ञापन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का सल्लाहाकार पूर्ण ओलीले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) का उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियो ।