ऊ बेला शिक्षकले लक्ष्य केभन्दा
’शिक्षक’ भनिन्थ्यो
देखेको सबैभन्दा ठुलो शिक्षक
समयक्रमसँगै रहरहरू उतै ढल्कदै गए
बा, भन्दै हुनुहुन्थ्यो ठुलो मान्छे बनोस्
आफूलाई ठुलोभन्दा अरूलाई ठुलो बनाउने रहर जागिरह्यो
आहा ! कम्ता आनन्द आउछ र !
ती अबोधलाई बोध बनाउदा
निःश्वार्थता, कर्तव्यनिष्टता अनि सत्यता
अन्त कहाँ पाइन्छ र ?
सेवासँगै आवश्यकता,
महँगीले
खोज्दोरहेछ श्रमको मूल्य त
नत्र म पनि सेवामा सन्तुष्ट छु
आमा बाको भरोसा
श्रीमतिका आवश्यकता
अनि लालाबालाका चाहना
कहाँ सानो रकमले पूरा हुन्छ र !
न भ्रष्टचार छ, न ठगी छ
सिर्फ मुठी निचोरेर दिएको बाहेक
अरू के छ र शिक्षकलाई ?
ऊ आफै सिकाउँछ
सेवा नै धर्म हो
सेवा गरे मेवा मिल्छ
अनि अरू के के ।
विचरा !
सधै प्रताडीत र हेपिएको रहेछ
सहनशील र सहिष्णु भएर मात्र हो
जसलाई सिकायो, पढायो, बढायो
आखिर उसैले पैताला मुनि पुर्यायो
इज्जत र प्रतिष्ठा हराइसकेछ
नाम बेनाम भइसकेछ ।
बल्ल आँखा खुल्यो बा !
भो पुग्यो शिक्षक हुनलाई
तिमीलाई औषधि किन्न सकिनँ
आमालाई सारी दिन सकिनँ
अनि श्रीमती र लालाबालाका
रहर पूरा गर्न सकिनँ
अब,
पासपोर्ट बनाउनु छ
देश फेरेर भेष फेर्नु छ
सन्तानको मुख फेर्नु छ
आत्मसन्तुष्टि मार्नु छ
अब
बाटो फेर्नुछ ।
(काठमाडौं)