समय घुमिरहन्छ
घडीका सुइराहरुसँगै
टिक.. टिक ..टिक !
यो शून्य क्षितिजजस्तै
आकासका ताराहरुजस्तै
अगणित छ यो समय
बगिरहेछ यो समय
ब्रह्माण्डको जन्म पहिला कि समय ?
बिज्ञानले भेउ नपाको
एउटै प्रश्न
एउटै उत्तर
समय घुमिरहन्छ
घडिका सुइराहरुसँगै
टिक.. टिक ..टिक !
भनिन्छ,
करोडौं बर्षअघि यो पृथ्वी
सूर्यको एक टुक्रा
चोइटिएर, उछिट्टिएर बन्यो
आगोजस्तै लाभा सेलाएर बन्यो
मान्छे मान्छे भनेर
थाहा कहिलेबाट थाहा भो ?
यकिन तिथिमिति कहिले
र कस्ले सुरु गरे ?
जब,
पन्ध्रौँ शताब्दीमा
पेटर हेलेनले घडीको आबिस्कार गरे
कैद गरिएका समय सुइराहरु
समय घुमिरहेछ
घडिका सुइराहरुसँगै
टिक.. टिक ..टिक !
हो,
पुस्ताहरु यसरी नै बिलय भए
सेकेण्ड,
मिनेट,
घण्टा,
महिना र बर्ष
दशक अनि शताब्दी बिते
बित्नेछ यसरी नै शताब्दीहरु
यहि बीचमा,
बिपत्ती, महामारिहरु आइरहन्छ
त्यही समयले
गणना गरिरहन्छ
जीवन या मृत्यु
बिकास या बिनास
समय घुमिरहन्छ
घडिका सुइराहरुसँगै
टिक.. टिक ..टिक !
(त्रिवेणि, ताप्लेजुङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।