जापान जाने तयारी हुनासाथ एउटा जापानी र अंग्रेजी किताब मलाई मिल्यो । किताब पढ्दै जांँदा र तस्वीर हेर्दै जांँदा कामाकुरा भन्ने ठाँउमा भगवान बुद्धको ठूलो मूर्ति देखें ।
बुद्ध आफ्नै देशमा जन्मेकाले होला अथवा मलाई आफ्नै दाजुभाइ वा नेपालीत्वको मायाले होला सबैभन्दा पहिले हेर्न मन लागेको ठाँउ कामाकुरा हुन पुग्यो । तर हाम्रो भ्रमण कोरा भ्रमण मात्रै नभएर अलिअलि साथीभाइ भेटने, अलिअलि ठाँउ देख्ने, अलिअलि अन्य देश र ठाँउको धर्म संस्कृति हेर्ने अवसर लिनु पनि हो ।
टोकियो पुगिसकेपछिका दुईदिन टोकियोभित्रै घुम्न बाध्य भयौँ । टोकियोमै मेरो स्कूले मित्र शोभा पौडेल परिवारसहित बस्छिन् भन्ने मलाई थाहा थियो । कहिलेकाँही स्काइपीबाट हाम्रो कुरा पनि हुन्थ्यो । टोकियो पुगेपछि मैले उनलाई टोकियो आइपुगेको जानकारी गराएँ । उनले कमसेकम एक दिन मलाई टाइम दिनु पर्छ र म कहांँ बस्नु पर्छ भनेकी थिइन । मैले नाइ भन्ने कुरै थिएन । एक दिनको समय उनका लागि छुट्यायौँ । दिनभरि उनिसँग घुम्ने, उनकै घरमा रातीको खाना खाने र उनिसँगै बस्ने योजना मिलाएका थियौँ । तर त्यो पनि सोचे जस्तो भएन । जीवनमा आपैmले सोचे जस्तो नहुने भन्ने कुरा साँच्चै हो रहेछ । दिनभरिमात्र उनिसँग घुम्न मिल्यो, रातिको खाना खान र बस्न मिलेन ।
हामी टोकियो पुगेको तेस्रो दिन उनलाई छुट्टी मिल्यो । त्यही दिन पारेर उनिसँग कामाकुरा घुम्ने निधो ग¥यौँ। मेगुरो ट्रेन स्टेशनमा बिहान नौ बजे भेटने टँुङ्गो भयो । जापानी ट्रेनको समय एक मिनेटपनि तलमाथि हुन्न भन्ने सबैलाई थाहै छ । मोबाइल फोनबाट कुरा गर्दै शोभालाई मेगुरोभित्र भेटाएंँ ।
धेरै बर्षपछिको हाम्रो भेटघाट भएकोले मन निकै रमायो, मनमनै अत्तालिए जस्तो भयौँ, एकआपसमा अँकमाल ग¥यौँ । मनले त त्यही स्कूले जीवनमा पुग्न खोजेको थियो तर समयले किन जान दिन्थ्यो र । समयसँग चल्नु पर्ने मान्छेको जीवन पछाडि फर्कन सकेनौँ । उनि पनि पारिवारभित्र रमाइ सकेकी थिइन । श्रीमानसहित छोराबुहारी नातीनातिनीको प्रतिक्षा, कामको बोझ, उमेरको थकानभित्रको जीवन आफ्नै गतिमा बगीरहेको थियो ।
त्यती बेलाको सिरूपाते शरीर अहिले खाइलाग्दा भएर डम्म भएको, गालापनि भुक्कभुक्क उठेको आँखाका कुनातिर मुजामुजा पर्न खोजेका, हाँस्दाखेरि निधारमा पनि छाला उठेर धर्काधर्का पर्न खोजेको जस्तो । बुढ्यौलिले छुनछुन खोजे जस्तो तर नछोएको । मैले सोचेंँ हामी जीवनमा निकै अगाडि बढीसकेका रहेछौँ । हामी जति पाका भएछौँ हाम्रो कुराकानी पनि त्यत्तीकै पाका हुन थालेछन् । हाँसखेलका कुरा नभएर परिवार र जीवनका कुराहरू। मलाई लाग्यो हामी निकै फेरिएछौँ । बर्षपनि निकै वितिसकेका थिए । कुराकानी गर्दैगर्दै हामी कामाकुरातिर लाग्यौँ ।
कामाकुरा टोकियोबाट करिब एकतिस माइलजति टाढा रहेछ । टोकियोभित्रै चल्ने रेलका धेरैजसो लाइनहरूजोडिएको तर एक ठाउंँमा फेर्न पर्ने । कामाकुरालाई सन् १९३९ देखि सहरको रूपमा लिइएको रहेछ । त्यसभन्दा अगाडि जापानको डे फ्याक्टो राजधानीको रूपमा कामाकुरालाई हेरिने रहेछ । कामाकुरा प्रवेश गर्नका लागि आधुनिक सुरुङ्गहरू र बाटो बन्नु अगाडि यो एउटा प्राकृतिक किल्लाजस्तो पनि रहेछ । यसमा प्रवेश गर्नको लागि सातवटा नाकाहरूबनाइएका रहेछन् । ती सात नाकाहरुलाई कामाकुराका सात मुख भन्ने चलन थियो रे !
यहाँ कसैले पनि आक्रमन गर्न नसक्ने रहेछ । एकातिर सिगामी बे र बांँकी तीनैतिर गेन्जी पहाड, रोकुकुकेन पहाड, किनुबारी र वोहिरा पहाड छन् । पहाड भनेर नेपालका जस्ता अग्लाअग्ला पहाड चाँहि होइनन् चारपांँच सय फिट अग्ला डाँडा मात्र हुन ।
मेगुरोबाट हिँडेको आधाघण्टा जतिमै हामी कामाकुरा पुग्यौँ । तर पर्यटकहरू जाने ठाँउमा पुगेनौँ । अर्कैतिर पुगेछौँ । हामी त सिगामी बेतिर पुगेछौँ । ठाँउ त यो पनि राम्रै थियो । हाम्रो गल्ती साथी शोभालाई थाहा भइहाल्यो । उनले सोधपुछ गरेर कति स्टेशन पर आएको पत्ता लगाइन । पुरानो बाटो फर्कनु प¥यो ।
यतिबेला हामीले अर्को टिकट किनेर रेल चढनु प¥यो । किनकी जापान रेलको पास हामीसँग थियो तर त्यहाँं जापान रेलको लाइन थिएन । हिँडेर गए पनि पुगीने ठाँउ थियो तर हामीलाई धेरै ठाँउ सिध्याउन पर्ने भएकोले अर्को टिकट किनेर फेरि रेल चढ्यौँ । यताको रेल चाँहि त्यती एरियाभित्र मात्र चल्ने भएकोले खेलौनाजस्ता देखिन्थे अन्य रेलजस्तो थिएन । हामी नेपालीहरूसंँधै सबै ठाँउमा घुमिरहने होइन । कामले गर्दा घुम्नको लागि त्यति सारो फुर्सद पनि हुन्न । रमाइलो मात्र गर्ने कुरा पनि आएन । त्यसैले एक पटक गएको ठाँउमा दोहो¥याएर पुग्न जहिले पनि कठिन हुन्छ । यतिबेला हामीलाई पनि झण्डैझण्डै यस्तै भयो । एकैछिनमा हामीले पुग्न पर्ने स्टेशनमा पुगेर रेल रोकियो । हामी उत्रियौँ । हाम्रो अगाडि वेलकम टु कामाकुरा लेखेको ठूलो बोर्ड देखियो । त्यो बोर्डमा कामाकुरा वरिपरि घुम्न लायकका ठाँउहरुको चित्रहरू र नाम जापानी र अंग्रेजी दुवैमा भाषामा लेखिएको थियो ।
हामी सबै पर्यटकहरू लागेतिर लाग्यौँ । बाटोमा जापानी ढोका देखियो । हाम्रो मन्दिरका ढोकाजस्तै जापानमा जताततै यस्ता ढोकाहरू प्रशस्तै देखिन्छन् । सानो बाटो, सानासाना घरहरू दुबैतिर बजारैबजार । मान्छेको दोहोरो भिड । बाटोमै बिजुलीका खम्बा, खम्बाभरि बिजुलीदेखि टेलिफोन, टेलिभिजन सबैको तारको गुजुल्टो पारेर एकअर्कामा लठारिँदै लमतन्न परेर झुण्डिरहेका । मलाई आफ्नै काठमाण्डौंको झझल्को आयो । अहिले हामी काठमाण्डौंमा छौँ कि टोकियोको वरिपरि छौं, झुक्किए जस्तो लाग्यो ।
जापानीहरुको सरसफाइ र अनुशासनलाई बिर्सेछु । काठमाण्डौ पनि टोकियोजस्तै भएजस्तो लाग्यो मलाई । मेरो मन आफ्नै तरङ्गमा उडेछ । अनि लाग्यो उनिहरूपनि मान्छे हामी पनि मान्छे । उनिहरुको जस्तो सरसफाई, उनिहरुले पालन गरे जस्तो अनुशासन के हामी पनि गर्न सक्दैनौ र ? ईश्वरले हामीमा कुन कुराको कमी गरेर सृष्टि गरिदिएछन् ?
ढोकामै चारवटा जापानी रंगीन कागजे लालटिन झुण्ड्याइएको छ । यस्ता कागजे लालटिन जस्ता ध्वजापताकाहरू जापानामा जताततै देख्न पाइन्छ । यसले पनि बाताबरणलाई रमाइलो र मनमोहक बनाउने रहेछ । आँखाहरू डुलाउंदै हामी अगाडि बढ्दै गयौँ। अलिपर डाँडाजस्तो ठाँउमा सानो मन्दिर जस्तो देखियो । मान्छेको भिड र लर्को उतै बढिरहेको थियो । हामी उभिएको वरिपरि फराकिलो ठाँउ थियो । अनि मसिना ढुँगाहरू छरिएको छ, पीच गरिएको छैन । त्यसमाथि हिँड्दा करपकरप आवाज आउँछ । त्यसो नगर्नुमा केही कारण होलाजस्तो मलाई लागेको छ । हिँडडुल गर्न भने कुनै बाधा पु¥याएको छैन । फोहोर कतै देखिदैन । दायाँबायाँ दुबैतिर जंँगलैजंँगल देखिन्छ । अगाडि बिचमा पर्नेगरि आर्क शैलीमा पुलजस्तो (ल्फाइओभर) बनाइएको छ ।
हाम्रा आँखाहरूबुद्धको मूर्तिको खोजितिर थिए तर बुद्धको मुर्ति देखिएन । तैपनि हामी अरुसँगै मन्दिरका लामालामा सिँडीहरू चढेर माथितिर लाग्यो । त्यहांँ पुगेपछि थाहा लाग्यो त्यो त सासुके इनारीको मन्दिर रहेछ । हामी कमसेकम एउटा पर्यटकीय ठाउँमा त पुगि ाल्यौ नि । त्यसपछि नजिकै अर्को मन्दिर सुरुगाका हाचीमागो रहेछ । सासुके इनारीको भन्दा यहाँ निकै भीड थियो । झण्डैझण्डै हाम्रो भगवान पशुपतिनाथको मन्दिरमा एकादशीको दिन हुने भिडभन्दा कम थिएन । हामीपनि कुरै नबुझी के के न होला भनेर लाइन बसीहाल्यौं, भिडले धकेल्दै, ठेल्दै र पेल्दै अन्तिम तल्लामा पुग्यौँ । एक किसिमको निरासजस्तै भएर फर्कियौँ ।
मन्दिरभित्र मन्दिर थियो । मन्दिरभित्र एउटा सानो रुख थियो । रुखभरि ध्वजापताकाहरू झुण्ड्याइएका थिए । मन्दिरको वरिपरि पनि कागजका प्रशस्तै टुक्राहरू झुण्ड्याएका थिए । तिनीहरुमा हाम्रै बेदपुराण अनि उपनिषद्का श्लोकहरूजस्तै जापानी मन्त्रहरू झुण्ड्याएका थिए । दायाँ र बायाँतिर ठूलाठूला बुद्धका मूर्तिहरू थिए । पण्डितहरू पाठमा व्यस्त थिए कि ? परबाट केही देखिएन । त्यहांभित्र पुगेपछि नमस्कार गर्दै सबैजना फर्कन्थे । मैले पनि नमस्कार गरेर फर्केँ । तर म आफ्नै ज्ञानी भगवान बुद्धलाई मनमनै सम्झदै र आशीर्वाद माग्दै फर्केँकी थिएँ ।
मेरो मनलाई शान्ति दिनु होस् । मेरा घरलाई शान्ति दिनु होस् । मेरो देशलाई शान्ति दिनु होस् अनि विश्वलाई शान्ति दिनु होस् । झगडा मार काट हत्याले कसलाई के फाइदा हुन्छ र ? आखिर यो जीवनलाई हामीले छोडेर जानै पर्छ । साथमा केही लैजान सकिन्न । तपाईले भगवानको रूपमा विभिन्न समयमा विभिन्न रूप धारण गर्दै पृथ्वीमा आएर मानवजगतलाई ज्ञान र विबेकको शिक्षा दिदै आउनु भएको थियो भने यो बेलापनि आएर त्यो ज्ञान बाँडी दिएमा के नै विग्रन्छ र । यसरी हाम्रो दोस्रो दृष्यावलोकन पनि सकियो । तर अभैm भगवान बुद्धको बिशाल मूर्ति देख्न पाएको छैन । शोभालाई भने– ुल न यार बुद्धै भएतिर जाँउ न । कता छन् । मलाई मेरै बुद्धको चासो छ, मलाइ मेरै बुद्धको माया छ अनि मेरै बुद्धको आशा छ ।ु
पर्यटक भएपछि पर्यटकीय शैलीपनि हुनु पर्ने रहेछ । आफु हिँडिरहेको बाटो भए जतापनि ठ्याक ठ्याक जान मिल्छ, थाहा नपाएपछि कि त अरुको पछि लाग्नु प¥यो कि त सोधखोज गर्नु पर्छ । हामीले दुवै उपाय लगायौँ । पर्यटकहरुको लामो लर्कोतिर पनि मिसियौं, अमिदा बुद्धतिर जाने बाटो यो हो की होइन भनेर सोध्न पनि थाल्यौँ । हाम्रो गन्तव्य मिलेको रहेछ । अगाडि बढदै गयौँ ।
बाटो सानो थियो तर कतै भत्केको खाल्डाखुल्डी केही थिएन । चिल्लो थियो । मान्छे हिँड्ने पेटीभने निकै सानो थियो । कहिलेकाहीँ त सडकबाटै हिँडनुपथ्र्यो । पर्यटकीय स्थल भएकोले मोटर थोरै चल्ने र स्पीड नहुने भएकोले डर भने थिएन । बाटोको दायांँबायाँ सानासाना घरबजार थिए । सबै घरमा पर्यटकीय पसलहरू मात्रै । खाजा, आइसक्रिम तथा सुभेनिरका पसलहरुको लाइनमात्र ।
घाम पनि थियो, यताउता हिँडदाहिँडदै हामीलाई अलिअलि थकाइ पनि थियो । थकाइको केही बिश्राम पनि हुने, घामबाट एकैछिन भएपनि छेलिने, प्यास मेटाई पनि हुने, पर्यटकीय शैली पनि हुने । हामी पनि आइसक्रिम पसलतिर लाग्यौँ । एउटा एउटा आइसक्रिम लियौँ । मुख गुलियो पनि भयो । मनले शीतल अनुभव पनि ग¥यो । हामी पाको उमेरका मान्छेपनि केटाकेटीहरू जस्तै आइशक्रिम जिभ्रोले चाट्दै, खेलाउँदैं बिस्तारै फेरि अमिदा बुद्धको दर्शनतिर लाग्यौ । हामीलाई थाहा थियो, हामी उनको नजिकै छौँ । आजको हाम्रो गन्तव्य पनि त्यही नै थियो ।
अमिदाको सांँकेतिक अर्थ इमान्दार र गतिशिल आत्मा हो । हाम्रो जीवनमा हामीले कुनै न कुनै बेला अमिदालाई पाउन सक्नुपर्छ अनि मात्र जीवन सफल भएको मानिन्छ । अमिदा संस्कृत भाषाको अभिताब( ९अनन्त प्रकाश) र अमित्यायुस((अनन्त आयु) यी दुई शव्दहरुबाट बनेको रहेछ । जापानको सिन बुद्धिजमले यिनै दुई कुराहरुलाई आत्मसात गर्दै बुद्ध धर्मको पालना गर्दै आएको देखिन्छ । मान्छेसंँग हुने अध्यात्मिक उच्च गुण नै अमिदाको सांकेतिक अर्थ पनि रहेछ । खासमा अमिदाको जन्म भएकै छैन रे । अमिदाबुद्ध त्यस बखतका भारतीय उपमहाद्धिपका बुद्धिष्ट विद्धानहरुले सिर्जना गरेको काल्पनिक चरित्र नायक हो रे । इतिहासमा अमिदाको नाम कतै देखिन्न । अमिदा बुद्धको बारेमा मलाई पनि थाहा थिएन । शाक्य बंशीय सिद्धार्थ गौतम बुद्धको बारेमा मात्रै सामान्य ज्ञान हो । आफ्नै देशमा जन्मेका भएर हो की गहिरो अध्ययन नभएको । नजिकको तीर्थ हेलाँ पो भयो की । बुद्धको बारेमा कम जानकारी भएकोमा यतिबेला मलाई अलिअलि डर, अलिअलि लाज लागे जस्तो भयो ।
शाक्यमुनी बुद्धले कहिलेपनि मैले धर्मको सिर्जना गरँे भनेर भनेका छैनन् । बरु धर्मबाट मैले मुक्ति पाएँ,धर्मको माध्यमले म व्युझिएँ भनेर घोषणा गरेका रहेछन् । एकपटक भगवान बुद्धले भनेका थिए– मान्छेसँंग भर गर्नु पर्दैन, भर लिनु नै छ भने धर्मको भर लेउ । अमिदा बुद्धको बारेमा जान्नको लागि म डा. नोबुओ हानेडाले अमिदा बुद्ध को हुन भनेर लेख्नुभएको लेख पढदै थिएँ । लेखको दोस्रो प्याराग्राफमा ुशाक्यमुनी भारतको एउटा सानो राज्यको राजकुमारको रूपमा जन्मेका थिए र त्यसबेला उनको नाम सिद्धार्थ थियो ।’ यो एउटै हरफले मलाई धरैबेरसम्म छटपटी गरायो, चित्त बुझेन ।
बिगत केही बर्षदेखि नेपालभरि र नेपालबाट बाहिरिएका पढेलेखेका युवाजगत तथा बुद्धिजिविमा गनिएकाहरू इमेल र फेसबुकबाट बुद्ध नेपालको छोरो हो भनेर कतै पिटिशनको आग्रह गरिरहेका छन् त कतै लेखहरू निकालिरहेका छन् । साथै भारत र भारतीय नेता तथा पर्यटकीय एजेन्सीहरुलाई गाली गरेर लेखहरू निकालिरहेका छन् । कुरा त्यतीमै सीमित भएको देखेकी छु । एक पटक क्यानडाको भ्यानकुभरमा बस्दै आउनु भएका हाम्रा मित्र भानु पौडेलजीले फोनबाट यस कुरालाई अगाडि बढाउन प¥यो, पिटीशनमा सही गरिदिनु प¥यो भनेर कुराकानी गर्नु भएको पनि थियो । तर यस किसिमको प्रचारबाजी र गालिगलोजको लेखहरुले हानी बाहेक फाइदा केही नगर्ने मलाई लागेको थियो र अभैm त्यसै विचारमा अडिग छु । सही काम गर्ने हो भने औपचारिक पत्राचारबाट यो कामको थालनी हुनुपर्छ भन्ने मेरो विचार हो । अमेरिकी हाइस्कूलको विश्वको इतिहास टेक्स्ट बुक र अन्य विश्व इतिहासका सबै पुस्तकहरुमा बुद्ध उत्तर भारतमा जन्मेका हुन भनेर लेखिएको छ । त्यतीबेला भानुजीलाई प्रमाणसहित पेश गर्नका लागि चारपांँचवटा किताबहरूजम्मा गरेर पेज नम्बरको समेत उल्लेखगरि उहांँलाइ दिएजस्तो लाग्छ ।
पत्रिकाको प्रचारबाजी र इमेलको प्रचारप्रसारले यस्ता इतिहासका कुराहरू मेटिन्न र समाधान पनि हुन्न । यसका लागि नेपाल सरकारले अमेरिकी सरकारलाई त्यो इतिहासमा केही शव्दहरुको सँंशोधन हुनु प¥यो भनेर औपचारिक पत्राचार हुनुपर्छ । दुईदेशका दूतावासहरू मार्पmत सरकार सरकारबीच कुरा हुनुपर्छ । शिक्षा विभागका अधिकारीहरुसँग छलफल हुनु पर्छ, उनिहरुले इतिहासको तर्क अगाडि सार्लान हामीले बर्तमानको तर्क पेश गर्नु पर्ला । त्यतीबेलाको भारतबर्ष हो, हालको भारत होइन । पच्चिससय बर्ष अगाडि त्यहांँ कुनै विशाल देश थिएन । त्यहाँ हालको भारत पनि थिएन नेपाल पनि थिएन । तर समयले देशहरू विभाजित भए, छुट्टिए । भाग्यले बुद्धको जन्मथलो नेपालमा प¥यो । उनका शाक्यवंशीय दाजुभाइहरू पनि नेपालपट्टि नै परे । यदि अहिलेको भारत भन्ने हो भने अहिले नेपाल भन्न किन नहुने भन्ने आदि तर्क पेश गरेर अमेरिकी सरकारलाई सम्झाउनु हाम्रो देशका बुद्धिजिबी राष्ट्रसेवकहरुले सक्नु प¥यो ।
त्यस्तै भारतीय इतिहासका किताबहरुमा पनि त्यस्तैलेखिएको छ भने प्रमाणसहित त्यसरी नै सच्याउनु लगाउनु पर्छ । यसरी दुवै देशका सरकारहरुबीच औपचारिक कुराकानी र पत्राचारबाट पनि समस्याको समाधान नभएको अवस्थामा जनताको हैसियतबाट हामीले कुरा अगाडि बढाउनु पर्छ, प्रर्दशनी गर्नु पर्ला, संयुक्त राष्ट्र सघंलाई गुहार्नु पर्ला भन्ने मेरो विचार रहेकोछ । भारतीय नेताका कुरा गर्ने हो भने सन् १९९९ को राष्ट्र संघीय महासभाको सम्बोधनमा तत्कालीन भारतीय राष्ट्रपति डा. के.आर नारायणले भगवान बुद्ध नेपालको लुम्बिनिमा जन्मेका हुन भनेर लिखित भाषण दिएका थिए । त्यो दस्तावेज राष्ट्र संघमा सुरक्षित छ र अहिलेपनि सबैले हेर्न सक्नु हुनेनै छ । बर्तमान प्रधानमन्त्री श्री नरेन्द्र दामोदरदास मोदीले पनि सम्पूर्ण नेपालीलाई मुग्धपार्दै नेपाल भ्रमणका अवसरमा भगवान बुद्धको जन्मथलोमा जाने रहर व्यक्त गरेकै थिए ।
मध्याह्नको समय थियो हामी कामाकुरामा रहेको अमिदा बुद्धको पाउमा पुग्यौँ । जापानीहरुले यसलाई कामाकुरा दाइबुत्सु भन्दा रहेछन् । यो पित्तलले बनाएको रहेछ । यसको उच्चाइ झण्डै चौध मिटरजति रहेछ र ९३ टन पित्तलको धातुबाट बनेको रहेछ । यो जापानमा भएको दोस्रो अग्लो बुद्धको मूर्ति रहेछ । सबैभन्दा पहिले यो बुद्धको मूर्ति सन् १२५२ मा बनेको रहेछ र मन्दिरभित्र राखिएको थियो रे । ठूलाठूला आँधिबेहेरि र सुनामीले पटकपटक मन्दिर भत्किएपछि सन् १४९५ देखि बाहिरै बनाइएको रहेछ ।
अमिदा बुद्ध कमल आसनमा ध्यान मुद्रामा बसेका छन् । सानो डाँडाको फेदीनिर वरिपरि हरियो जंगलकोबीचको पवित्रस्थलमा साँच्चै ध्यान मग्न भई शान्तिको खोजीमा यी बुद्ध बसीरहेको जस्तो लाग्छ । वरिपरि घुम्नको लागि सितैमा आँखा नचाउन पाउने, बुद्धको पेटभित्रै गएर ज्ञानगुणका आन्द्राभुडी हेर्ने हो भने बीस जापानी यान तिर्नु पर्ने रहेछ । हामी बुद्धको ज्ञानको भण्डार हेर्नका लागि तयार भयौँ । बीस येन तिर्दै भित्र पस्यौँ । भित्र मधुरो बत्ती थियो । मधुरो बत्तीको प्रकाशले बुद्धका भित्री भागहरू अँध्यारै थिए, प्रष्ट केही पनि देखिदैन थियो । भ¥याङ एकदमै सानो थियो । झ्यालहरू नभएको र बाहिर गर्मी भएकोले मलाई एकदम उकुसमुकुस भएर आयो । सोफोकेशन भएजस्तो भयो, रिँगटा लाग्न खोज्यो । हतार हातर गर्दै म त तल झरें र बाहिर निस्किएँं ।
ढोकाबाट निष्कनु अगाडि ढोकैको छेउमा एउटा सूचनापाटी देखेँ । मैले आँखा दौडाइ हालेँ । त्यहांँ लेखिएको थियो यो मूर्ति बनाउनका लागि विशेष किसिमका बस्तुहरुको प्रयोग गरिएको छ जस्ले गर्दा पित्तलका विभिन्न टुक्राहरू एकआपसमा सधैं टम्म मिलाउन मद्दत गर्ने छन् । सामान्य किसिमले भत्कने र नासिने डर हुँदैन ।
मेरो भ्रमण टोली भने भित्रै थिए । म बाहिर डुल्न थालें । बुद्धको मुर्तिको अलिपर ठाउँठाउँमा सानासाना घरहरू जस्मा सानासाना बुद्धका मुर्तिहरू राखिएका छन् । दुईतिन फिट अग्ला काठका पर्खालले घेरिएका छन् । रुखहरू जताततैै छन् । रुखमा पनि सूचना जस्तो टांँसीएको छ, । रुखको बर्णन हो की अरु केही सूचना हो । जापानी भाषामा भएकोले बुझन सकिएन । वरिपरि बस्नका लागि बेन्चहरू राखिदिएका छन् । एक किसिमले यो पार्क नै जस्तो पनि छ । पार्कभरि सानासाना ढुंँगाका गिट्टीहरूछापिएको छ । यसले यो क्षेत्रलाई पवित्र बनाउने प्रयास गरिरहेको झझल्को दिन्छ । यी सबै क्षेत्र एक किसिमको जंँगलै जस्तो लाग्छ तर कृतिम जँगल जस्तो । जुन कुनामा गएपनि मान्छेले खोज्ने र चाहना गर्ने किसिमको बाताबरणमा तयार गरिएको । कतै ठूलाठूला ढँुगामा जापानी भाषामा शीलालेख जस्तो लेखिएको छ । यताको ऐतिहासिक महत्वको बारेमा पनि हुन सक्छ, । ती ढुँगाहरुको कुनै बेला कुनै विशेषता थियो होला आदिआदि । भाषा नबुझेकोले त्यसभित्रको भित्रि रहस्यलाई मनभित्रै थन्क्याउंदै कामाकुरामा भगवान बुद्धको दर्शन गरी आफ्नोे आत्मालाई शान्ति दिदै आजको हाम्रो चाहनाको यात्रा समाप्त गर्ने मोडमा हामी आइपुग्यौँ।
(न्यु योर्क, अमेरिका)