अवरोधका चट्टानहरू नाघ्नु पर्छ युवा अब
सुन्दर नेपाल बनाउनलाई लाग्नु पर्छ युवा अब ।
जाति, धर्म, लिङ्ग भन्दै एक आपसमा लड्ने होइन
एकता र मेलमिलापमा बाँच्नुपर्छ युवा अब ।
भोको पेट नाङ्गो शरीर कसैको नि नहोस् यहाँ
सबको घरमा दुईछाक खाना पाक्नुपर्छ युवा अब ।
अग्रगामी चेतना अनि उच्चखाले सोच लिई
सुशासनको दीपज्योति बाल्नु पर्छ युवा अब ।
हत्याहिंसा लुटपाटको खेतीपाती बन्द गरी
नेपालबाटै विश्वशान्ति डाक्नु पर्छ युवा अब ।।
(जेभियर इन्टरनेशनल कलेज)