तिमिलाई चाहिएको प्रेम हो वा शरीर त्यत्ति भन
भएको छु यिनै कुराले अचेल म गम्भीर त्यत्ति भन ।
म प्रवाशमा छु उडेर आउन कहाँ सक्छु र चाहेर
हेरेर बस्न सक्छौ कि सक्दिनौ तस्बिर त्यत्ति भन ।
न मेरो हो भन्न सक्छु, न पराइको देखाउन सक्छु
मर्नु न बाच्नु कतिन्जेल सहनु मैले पिर त्यत्ति भन ।
प्राप्ति हुन पनि लेखेको हुनुपर्छ भन्छन्, जान्नेहरु
कि थिएन पाउन तिमिलाई मेरो तकदिर त्यत्ति भन ।
दिएर प्रेम, पाएर पीडा मैले दुखेमा तिम्रो दिल
खोजी हिँड्छु गहिरो ताल अग्लो भिर त्यत्ती भन ।।
(म्याग्दी, हाल: पोल्यान्ड)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।