बिक्रम सम्वतको तालिकाअनुसार नयाँबर्ष प्रारम्भ हुने दिन, बैशाख १ गते एक दिनमात्र लाग्ने तराईको फूलबारी धाम, परापूर्व कालदेखि लाग्दै आएको एक ऐतिहासिक मेला हो, मिथिला धाम भन्दा हुने ।
घरमा बित्दो केही काम थिएन । आफ्ना भान्जाको यातायातको साधन थियो । मोटर साइकल । गाउँका केही साथी पनि फूलवारी धाम जान चम्केका थिए । साँझ मेला पुगेर आइन्छ, जाउँ न त भनेर योजना बनाई हिँड्न तयार भइयो ।
बिहानको सूर्योदयकै समयमा मेरा घरमा धुवाँ उडाउँदै मोटर साइकल आइपुगे र सामान्य रूपमा हामीले आँगनमा बसेर चिया पियौँ । आपसी हाँसो भए । तीनबटा मोटर साइकलमा ६ जना चढेर सडकमा गुड्ने तयारीमा लाग्यौँ । गोजीमा केही रकम हालेर यात्रा प्रारम्भ गरिन लागेको थियो । घरबाट हिँडेको त्यस्तै एक घण्टाभन्दा केही बढी समय लगाएर हामी फूलबारी धामको आँगनमा पाइला राख्न पुग्यौँ । नौ बजेर केही मिनेट बढी भएको थियो । बाटोमा चुरे पर्वत मालाको सडक फराकिलो देखियो । बोट बिरुवाका चिउलाको सौन्दर्य हेरिरहुँजस्तो लाग्दथ्यो । त्यति गर्मी बढेको थिएन । पुर्वाहा हावाले शरीर ठण्डा र हल्का भएको अनुभूति भएको थियो । तिनदिन अघि सामान्य बर्षा भएकाले पनि दिन रमाइला थिए ।
धाम पुगेपछि हामीबीच दुईटा तर्क प्रस्तुत भए । एउटा तर्क साथीले प्रस्तुत ग¥यो । पहिला बजार घुमौँ त्यसपछि फूलबारीको थान हे¥यौँ, वरिपरि घुम्याँै, सुनाखरी फूल नियालेर हे¥यौँ, फूलबारी परिपरि बगेको या जमेको पानीमा मुख धोयौँ, स्नान गर्ने हामीसँग साधन छैन, फेर्ने कपडा ल्याइएन । त्यसबारे होस पुगेन । थानमा केही धजापत्ताका चढाएर बाटो लाग्यौँ ।
अर्को साथीले भन्यो पहिले तिर्थ गर्यौ, अन्न पेटमा परेको छैन । ब्रत गरेजस्तै छ । धाम घुम्याँै, अर्ध स्थान ग¥यौँ । मुल काम सकिन्छ । त्यसपछि भेटघाट बजार परिक्रमा गराँैला, विभिन्न ठाउँबाट चिनेको मान्छे पनि आएका होलान् । भेटघाट होला । यस्तै तर्कमा हामी केहीबेर रुमलियौँ ।
फूलबारी धामको दर्शन, परिक्रमालाई नै प्राथमिकता दियौँ । केही धजापताका लगिएका थिए । लगेर चढायौँ । बगैचा घुम्यौँ । लगभग १२/१५ विघा जमिनमा फैलिएको रहेछ जंगल । आधाभन्दा धेरै गाछी सुनाखरीका थिए । अरु तराईमा पाइने बनस्पति पनि प्रशस्तै थिए । गाछी त्यति वाक्ला भने थिएनन् । जमिन ज्यादै चिसो थियो । पानी धमिलो देखिन्थ्यो । कतै कतै गहिरा खाल्टा थिए । कुनै कुनै गाछीमा विरालीका लहराजस्ता सानापात देखिने लहरा बेरिएका देखिन्थ्यो । बगैंचा घुम्दा शरीर आनन्दित भएको थियो ।
यो फूलबारी धामको ऐतिहासिकताबारे कसलाई सोध्ने भन्ने निधो गर्न सकेनौँ । फूलवारीबाट बजार आयाँै । मोटर साइकल र साइकल व्यवस्थापनको लागि पूर्व पट्टिको चौरीमा तलाबासका भाटाले घेरेर राखिएको रहेछ । मोटर साइकल अड्याएवापत थोरै रकम त्यहाँको व्यवस्थापनले लिने निर्णय गरे अनुसारको रकम रसिद सहित तिर्नु पर्दो रहेछ । तिरेर रसिद लियौँ । बजारमा चोरी, पकेटमारबाट बच्नलाई माइकद्वारा अनुरोध गरिदै थियो । विशाल चौरीमा मानिसहरूभरिदै थिएँ । जानेको क्रम थोरै देखिएपनि, आउनेको संख्या वाक्लै थियो । खेतका गरामा आगो बालेर कतै र कतै ग्यास चुल्हो बालेर विभिन्न प्रकारका मिठाई, रसवरी, लालमोहन, पुरी जुलेवी, पेडा, बताशा बनाइदै थिएँ । ठूलो आकारका फलामे कन्ती अगेनामा बसाइएका थिएँ । ऐया आथा भन्दै सीप भएका मानिसहरूखटदै थिएँ । खानेको लहर पनि बाकलै थियो । उभिएर पोकामा किनेर लानेहरूको संख्या पनि उतिकै देखिन्थो ।
घुम्दै जाँदा बाक्लो भिडका बीच, वथु कोइरीसँग आँखा जुधे । उसलाई देखेर हात उठाएँ । संंयोगले उसले पनि मलाई देखेछ । हुर्रिदै आयो । हात समात्यो । म भन्दा ऊ एक वित्ता अग्लो थियो । चुच्चे नाक, पातलो अग्लो व्यक्ति थियो । लामो कुर्था लगाएको कम्मर मुनि सुकिलो धोती पटुका बाधेको, काधमा रातो गम्छा हालेको थियो, गोडामा सस्ता चप्पल उनेको । गाला चाउरी परेको कञ्चटमा मुुजा परेको कलसाउँदो अनुहारको व्यक्ति थियो । वथुसँग भेट भएपछि मैले मेरा टोलीका साथीसँग परिचय गराएँ । परिचयपछि मैले अरु साथीहरुसँग केही क्षणको लागि विदा लिएँ । वथुले आफ्ना टोलीका व्यक्तिलाई विदा ग¥यो । हामी दुवै केही क्षण अन्तरङ्ग वाताचितमा लाग्यौँ । वथु मेरो पुरानो मित्र थियो ।
दिनको एघार बज्दै थियो । बजार पूर्वको भरखर रोपेको झ्याङ्गिदै गरेको वरपिपलको गाछी मुनि गएर हामी भुईँमा थचक्क बस्यौँ । विगत कोट्याउन थाल्यौँ । मेरा हात समातेर वथु कोइरी रुन खोज्यो । ऊ मैथिली र नेपाली भाषा मिलाएर बोल्दथ्यो । उसका मुखमा दात रहेनछन् । कचल्टिएका गिजा मात्र रहेछन् । उसको तोते बोली बुझ्न म यदाकदा दोहो¥याएर बोल्न लगाउँदथेँ ।
पलैटी कसेर बस्दै, दाहिने हातको कुहिना तिघ्रामा अड्याएर हातको हत्केला गालामा राखेर, निराश हुँदै भन्यो, “तुँ त किसान संघके नेता भैले हाम्रा त दलमै कुछो नही देलकै, जेही दिन मुलुकमे निरंकुश शासन रहैन । त्यही दिन त, हमर घरमे हुटल जाँही खानपान करतै रहे भूमिगत बैठल लोग ।”
“तिमी त किसान संघको नेता भयौ । मलाई त दलमा केही दिएनन, जुन बेला मुलुकमा निरंकुश शासन थियो, त्यस बेला त मेरा घरमा, दलका निम्ती लुकेर काम गर्ने व्यक्तिहरू हुटेल जस्तै खाना खान्थे ।”
जेहि दिन बहुदल एलो न देशमे, त्यहीदिन स हाम्रा सबके काम पूरा भैले । कोही नेता लोग हमर मुख नही ताकतै । खाइबेरीमै हमर घर कमाई बेरीमे दोसर घर, नातागोता तस्कर व्यापारी आदि ।
जुन बेलामा देशमा बुहदल आयो नि, त्यहीदिन देखि हाम्रो काम सकियो । कुनै नेताले हाम्रो मुख हेर्देनन्, खाने बेलामा हाम्रो घर, कमाउने समयमा अर्को व्यक्तिका घर । नातागोता तस्कर ठूला व्यापारी आदि ।
वथु कोइरीका कुरा सुनेपछि मलाई कताकता नमिठो पनि लागो । यस्तै हो अब पुराना कुरा किन कोट्याउनु जस्तो पनि भयो । मनमा जे सोचे पनि उसलाई हेरेर मुसुक्क हाँसेँ । उसलाई सम्झाउने र चित्त बुझाउने तरिकाले भन्ने प्रयत्न गरेँ । के गर्छो त वथु भाइ, हिजो जानेर या नजानेर पनि लागिहालियो । बुझ्दै जाँदा राजा राजाकै ठाउँमा हुँदो रहेछ केही अधिकार कटौती भएर पनि, नेता नेतै भएर उकसिदो रहेछ, कमीकमजोरीका बावजुद पनि, कायकर्ता, कार्यकर्ता हुनुपर्दो रहेछ । जनता जनताकै ठाउँमा उभिदा रहेछन । तिमी हामीले भितामा टाउको ठोकेर भएन, हुँदोरहेनछ । चित्त बुझायो, घरमा थेचारियो ।
यसैमा मैले केही कुरा थपेर भनेँ– अघि होस पु¥याउन सकिएन, अहिले पश्चताप गरेर के गर्नु, यो ऐतिहासिक फूलबारी धामको मेला नभए त, तिम्रौ हाम्रौ भेट पनि हुने थिएन । संयोगले दुईटा बूढाका आँखा जुझे र शरीर स्पर्श गर्न पायौँ । अझै पुराना कुराले दोहोरिने मौका पाएन त ।
आकाशमा उभिएर विश्व उज्यालो पार्ने, सूर्य देवता, हाम्रै टाउकामााथि उभिएका छन कि जस्तो आभास भएको थियो । गर्मी हपक्क बढेको थियो । मैले एक पल्ट हिम्मत गरेर आकाशतिर आँखा फर्काएर हेरँे । आखा तिरमिराएजस्तो भयो । सुर्य गोलाकार थिए बल्दै गरेका ।
त्यही बेला एक जना युवाले भोर्लाको पतरी र डोलमा पुरी, जुलेवी, पेडा, थोरै चिउरा राखेर लिएर आयो । त्यो युवक त्यस्तै तीसमाथिको जस्तो थियो । उसले हाम्रा सामु डोल भुर्इँमा राखो । काखीमा चेपेको पत्तरी पनि एक छेउमा थुपारेर भुईँमा राखेपछि उभियो र हाँस्दै भन्यो– “भुख नही लागल छेई ब्राह वजलागले ।
भोक लागेको छैन वारह बज्न लागो त ।
आदमीके भुख नही लगतै कह्ँ खाना पसार लि ह ।
मान्छेलाई भोक लाग्दैन पस्कने काम गर ।
दुई मिनटपछि अर्की छोरी मान्छेले माटाको छाँचीमा दही लिएर र बोतलमा पानी लिएर आइन् । आँखामा गाजल लगाएकी, कल्साउदी, सामान्य उचाईकी हंंसमुख आइमाई थिइन् । राम्रो नेपाली बोल्दी रहिछिन् । खाना खान बस्नु भएको छैन । कति बर्षमा भेट भएको हो, दुई जना पुरानामित्रको गफ त चलिहाल्ला नि दिनभर । उहाँ साथीका मित्रहरूकता पुगे । खाना त दुई जनालाई मात्र बनाएको छ । चारैतिर आँखा घुमाउँदै ती छोरी मान्छेले भनिन् । सायद ती महिला वथुकी नाताभित्रकै होलिन् भन्ने अन्दाजा लगाएँ । तर प्याच्च जान्ने भएर केही बोलिनँ । उसलाई सोध्ने चेष्टा पनि गरिनँ ।
चिउरा दही पुरी, जलेवी र अन्य मिठाई मिलाएर भोजन ग¥यौँ । प्रयोग गरिएका केही सामाग्री फ्यालिएन फाल्न नमिल्ने सामान लिएर ती युवक र महिला दुवै खुशी हुदै बाटो लागे बजारतिर । हामी भने त्यहीँ साँगुरियौँ । दिन ढल्कदै थिएँ । बजारको तीन पल्ट परिक्रमा गरेर, मेरा साथीहरूघर फर्कने हतारोमा थिए । वथु र म बसेको ठाउँ आए । केही क्षण उभिएर भने– ‘अब घर जाऊँ ।
म पनि छटपटिदै थिएँ । वथु कोइरीले मलाई घर जानमनाही गरो । आज तिमी जसरी भएपनि मेरा घर जानुपर्दछ, यहीबाट झण्डै वीस मिनटको देहाती बाटो या डगर पार गर्न पर्दछ । धेरै बर्षपछि भेट भयो । तिमीले माया मारे पनि मैले तिमीलाई बिर्सेको, माया मारेको छैन । मेरो घर हेरिदेउ, मेरा घरायसी समस्या छन । सुनिदेउ भनेर कल्पियो । मैले वथु कोइरीको निवेदनलाई अस्वीकार गर्न सकिनँ । मेरा साथीलाई घर जान विदा दिएँ । उनीहरूमोटर साइकल स्टार्ट गर्नतिर लाग्नुभन्दा पहिला मलाई आँखा तरेर हेरे । एक जना पुरानो साथीसँग भेट हुने बितिकै गाउँबाट सँगै आएका साथीलाई छाडेर भोलि लुखुर लुखुर केही बाटो पैदल र बसको घुइचोमा उभिएर आउनु पर्ला नि भनेर व्यङग्य हाने, साथै लानन पाएकोमा आक्रोस व्यक्त गरे ।
पुरानो साथी हो, संयोगले मेलामा भेट भयो । आज नभए पनि भोलि त घर आइ हाल्छु नि तपाईहरूजानु भनेर विदा दिएँ । म मित्रको वचन हार्न नसकेर, उतै लागेँ या उतै बस्ने भएँ ।
गाउँले साथीहरू विदा भए । केही क्षण हामी त्यही पिपल गाछीको छायामा बस्यौँ । वथुले कसलाई बोलायो, थाहा भएन । तिघ्रे खाले तीन युवक आइपुगे । परैबाट नमस्कार गरे, मैले पनि फर्काएँ ।
“यी पहाडके हमर वहुत पुरानामित्र छेई, फूलबारी धाममे भेट भेलै, एकर साथी सव घर गेलै, हम अपन घर लैजाइला कहने छेई, कोनो भाज लगाउनु क घर तक मोटर साइकलमे पहुँचादिहँ” । वथुले आफ्ना गाउँका भाईहरुलाई यति कुरा अरायो मात्र ।
यी पहाडका मेरा पूराना मित्र हुन् । संयोगले फूलबारी धाममा भेट भयो । यिनलाई मेरो घर लानु छ । यिनका साथी घर फर्र्किसके, जसरी हुन्छ, मोटर साइकलमा घर पु¥याइदेऊ यिनलाई ।
सूर्यका किरण पश्चिम दिशातिर पहेलिँदै ओझेल हुँदै थिए । वथुले थोरै बाटो छ, गाउँ नजिकै छ, फूलबारी धामबाट भनेर ढाट्ने प्रयास गरेको भएपनि, गाउँ टाडै रहेछ भन्ने अनुभव भयो मलाई । डगर बयल गाडा हिँडाएकाले होला, खाल्टा खुल्टी थियो । एकातिर गहिरो, अर्कोतिर अग्लो निकै कठिन संघर्ष गरेर मोटर साइकलमा, वथुको घर गइयो । वथुलाई बोक्ने मोटर साइकल अघि अघि थियो ।
राजमार्गबाट प्रारम्भ भएर दक्षिण बगेको गाउँले डगर भनौ सडक बालवा गिट्टी, नभरेको मात्र माटो हुरेको, कति साता अघि, बर्षाले माटो बगाएर पारेको खाल्टा । यो सडक शायद दक्षिणको छिमेकी भारतको दश गजासम्म पुगेको छ कि जस्तो लाग्यो । तर वथुलाई यस डगरबारे केही सोधिनँ पनि ।
डगर छाडेर झण्डै दश मिनट आलिआलि हिँडनु पर्दोरहेछ वाथुको घर पुग्न । झुरुप्प सानाहोचा, एक तले घर, टायल र खपडाले छाएका । जोडिएका घरधुरी कुनै जमानामा तराई जंगलात मुलुक हुँदा, बाध, भालु र अन्य जंगली जीवजन्तुको डरको कारण यसरी बाक्लो घर बनाउने चलन चल्दै आएको होला भन्ने अन्दाज लगाएँ । दोस्रो तर्क जमिनको अभाव पनि होला भन्ने भयो । सानो आँगन, होचा घर । थोरै माटो पुरेर बनाएको दलान (ओसरा) अम्लिसोकोे कुचोले बढारेर सफा पारेको पीरा या चढाई न ओछाइकन पनि बसौँ बसौँ लाग्ने ।
देव्रे आँखा कनाहा भएको, हिउँजस्तै टाउकाका केश फुलेकी होची, कच्याककुच्युक अनुहार भएकी, आँखा कम देख्ने, तर कान टकालो सुन्ने वथुकी श्रीमती कहनीले नमस्कार गरिन् । हिँडन त ठमठम हिँडने पातलो कपडा एक रङग लगाएकी शरीरमा, बूढी मान्छेका छाला शरीरको हाडमै सुकेजस्तो देखिने ।
घर पुगेर दलानमााथचक्क बस्नेवितिकै, हातगोडा धुन डोलमा पानी आयो । आँगनको एक छेउमा गएर हातगोडा धोएँ । तीनभाइ छोरा, तीनबटी बुहारी र दुईटी छोरीको बाउ रहेछ वथु । एउटा छोरा लाहानतिर राइस मिल्समा काम गर्दछ भन्यो वथुले । माइलो छोरो बैदेशिक रोजगारीमा जानका लागि कागजपत्र मिलाउन राजधानी गएको कुरा बतायो ।
वथुले आफ्नो पारिवारीक विवरण यसरी बतायो– जेठो छोराका परिवार लहानतिरै बस्छन् । प्रवेशिका पास गरेको छ, जेठो छोराले । हामी मदेसीका छोरालाई कसैले जागिर नदिने रहेछ सरकारी जागिर दिदो रहेनछ । जसरी भएपनि पेट पाल्नै पर्ने । हाम्रा कुरा काठमाडौंले सुन्दैन ।
एक जना महिलालाई बोलाएर, मेरो सामु उभ्यायो वथुले र भन्यो– यो मेरी माइली बुहारी हो, तीनबटा सन्तान छन्, छोरो विदेश जान खोज्दैछ । उज्यालो अनुहार भएकी पातली ठूलो निधार आँखामा गाजल लतपत्याएकी, पातला गर्मी पचाउने कपडा शरीरमा उनेकी, कान, नाक, बुच्चै थिए । हातगोडा काला देखिएका कुनै प्रकारको सिंगार पटार नगरेकी महिला नजिकै आएर नमस्कार गरिन् ।
नमस्कार फर्काएँ, छोरो विदेश जान पायो भने पछि राम्रो काम पाउन सक्यो भने त कमाउँला नि, भनेर आश्वस्त पारँे । मेरा मुखमा हेरेर बुहारी मुसुक्क हाँसी र लजालु भएर भित्र पसीन्, वथु र म दलानमा चटाई ओछ्याएर बसेका छौ । माइली बुहारीले भित्र पस्ने वित्तिकै एक गिलास चिसो पानी लिएर आइन् । मेरा हातमा थमाइन् । मैले तत्कालै नविसाई ठाडोघाटी लगाएँ । हाते कलको पानी होला चिसो रहेछ, यो ठाउँमा कति फिटमा पानी आउँछ भनेर वथुलाई सोधेँ । यहाँ त बीसै फिटमा पानी आउँछ भनेर वथुले जवाफ फर्कायो ।
खानपानको होसियार गरे, वथु र माइली बुहारीले सुन्ने गरी भनेँ हेरे वथु भाइ, तिमीहरुको घरमा खानपानमा तरकारीमा पिरो बढी हाल्ने चलन छ । आज तरकारीमा पिरो पटक्कै न हाल्नु है ।
मेरा कुरा सुनेर वथु गलल हाँस्यो । हमर घरके भात भान्सा केना बनैछेइ, तु खटन गरैछी, (मेरो घरको भात भान्सामा तिमी खटन गर्छौै )
कान्छो छोरा र कान्छी बुहारी पनि फूलबारी धाम गएका रहेछन् । पैदल नै हिँडेर घर आइपुगे । ती दुवैले मलाई नमस्कारले स्वागत गरे र घरभित्र छिरे ।
वथु भाइ कति जमिन छ त तिम्रो जान्ने जिज्ञासा राखेँ ।
“धुत त कथिके जमिन है ते हमरा, मात्र १५ कठ्ठा छेई, सुख्खा जग्गा छेई, पानी बोकक मौसम अनुसारको तरकारी कमाई गर्दछु ।” । मिहनेत उठ्दैन । हाम्रो देशको सिमानाभन्दा थोरै पर भारतको बिहार प्रान्त पर्दछ । त्यहाँका किसानहरू बिजुलीमार्फत मोटर बोरिङ, पम्पीसेट खोलेर सस्तो पानी लगाएर तरकारी खेती गर्छन् । तर हामी चँै चालिस हातको गहिरो इनारको पानीबाट सिचाई गर्छाँे । हाम्रो खेतको तरकारी भाण्टा, खोर्सानी बजार पुग्दछ । भारतको तरकारी आएर सस्तो पारिदिन्छ । तराईलाई अन्न भण्डार भन्छन् । तर पनि यो तराईका पटाङगिनी खेतमा पानीको व्यवस्था छैन । विदेशकै तरकारी राजधानीले पचाउँछ, अनि हाम्रो परीक्षा गर्दछ ।
आठ बज्न लाग्दा, हामीले रातको सुखको मानो खाना खायौँ । सिल्वरका थालमा उसिना चामलको भात रहरीको दाल, भण्टाको चौखा, भण्टाकै तरुवा, सबै खाने बस्तु एकै चोटि एउटै थालमा पस्केर दिने तराईको पुरानो चालचलन या संस्कृति अहिले पनि उस्तै रहेछ ।
पूर्वपट्टिको भुई घरमा दुईटा होचा खाट रहेछन् । त्यहीँ बसेर दुई जना बुढाहरू अलगअलग पल्टियौँ । माइली बुहारीले लोटामा पानी र एउटा फाल्टो गिलास राखिदिइन् । वथुले ढोका ढप्कायो ।
“घाम पार्टीको नेताऔ कार्यकर्ता सबके यही घरमे, भात खुवाक, सुताउने छेलिए, आज ऊ सव देशका वडका आदमी भैले, हमारा सवके चिनावो नही करै छेई, गोस्सा उठेछेई । त्यही स निराश भेल छी ।”
घाम पार्टीका कति नेता कार्यकर्तालाई यही घरमा खुवाएँ । यही कोठामा सुताएको थिएँ तर आज उनीहरू ठूला मान्छे भए, हामीलाई चिन्दैनन्, पीर लाग्दछ ।
वथुले प्रयोग गरेका शब्दले कताकता नौलो अनुभूति भयो । वास्तवमा हिजो संकटको बेला उनीहरुलाई हामी चाहिएको थियो । अहिले उनीहरू अधिकार सम्पन्न भएर सत्तामा छन्, असती मोराहरुलाई नातागोता चाहिएको छ । उनीहरु नै पोसिएका छन, हिजो संकटको बेला ती उनीहरुका नातागोता कुन मुसाका दुलामा थिए त ?
निराश हुँदै वथुले विलाउनाको स्वरमा भन्यो– हेर असोक म दोस्रो आमचुनाव पछि, कमरेड सागरलाई भेट्न, काठमाडौं गएको थिएँ । त्यस बेला उनी मैतिदेवी पुल नजिकै बस्तथे । धेरै ठाउँ सोधेर उनको घर डेरा पुगेँ । कतै हिँडन ठिक परेका रहेछन् । बसाँै पनि भनेनन् । मोटर साइकल चढेर बाटो लागे । भोलिपल्ट फेरि बल्खु दरवारमा उनलाई भेट्न गएँ । त्यहाँ त म जस्ता मधेसी अनुहारका मान्छे त, त्यसै हराउँदो रहेछन्, नयाँ नयाँ मान्छे थिएँ, कसले कसलाई पुछ्ने, जान्ने, सबै आफ्ना आफ्ना धुनमा, चौरीमा बसेर गलल गलल हाँसेका थिएँ । निराश फर्केर आएँ । बोल्न नपाएर मुख गन्हाए जस्तो भयो ।
उनले पोखेका वेथामा मैले, पनि आफ्नो दुःख पोखिदिएँ । के गर्छौ त वथु काठमाडौंले तराई र पहाडलाई हेर्देन, भदौ महिनामा आँखा फुटेको डिगो सदै संसार हरियो देख्दछ भन्छन । जुनसुकै व्यवस्था आएपनि केही व्यक्ति चाकरी गरेर माथि पुगे पनि आम सिमान्तकृत तिमीहामी जस्ता मान्छे जस्ताका त्यस्तै, आफ्नो वारीको कान्लो, पालेको गोरु र बाख्रामै सीमित छौँ ।
“हेर अशोक, यो तराई नेपालमा समेटिनुभन्दा अघिदेखि नै हाम्रा पुर्खा यही माटोमा जन्मे र हुर्के, बढे, पालितपोषित भई मृत्युवरण गरे । पछि औलो उन्मुलन र जंगल फडानी भएर पहाडे जातिहरू पहाडबाट तराई वसाई झरे, मिलेरै बसिएको छ । यहाँका पूराना वासिन्दा चौधरी, थारु, दनुवार र माझी र हामी कोइरी हौ । हाम्रा छोरा छोरीको विवाह, कैले हामीले विदेशीसँग गरेनौँ, गरेका छैनौँ । दुख पाएपनि सुख पाएपनि, आफ्नै देशका नागरिकसँग विवाह सम्बन्ध जोडिएको छ, जोड्दै छौँ ।
यति भनेर वथु रोकियो, अगाडि बोल्न चाहेन, सकेन । कोठा अँध्यारो थियो । उसलाई छाम्न खोजेँ । टर्च बालेँ । वथुको अनुहार हेरँे । आँखा रसिला पारेको रहेछ किन बोल्न छाडिस् त भनेँ । ऊ अडेकिएर थुक निलो, बसेकै ठाउँमा घोप्टो प¥यो ।
निकै समय घोरिएर उसले पुन भन्न थाल्यो । “बिहान उज्यालो भएपछि, छोराछोरी बुहारीलाई परिचय गराउँछु । मेरी बुहारीले म्याट्रिक पास गरेकी छ, बिहारबाट । कान्छो छोरो काम खोज्ने सिलसिलामा झन्झारपुर गएको थियो । एक बर्ष उतै श्रम गरो । उमेर मोरो पापी हुन्छ । उतैको केटी मन पराएछ, कोइरीकै छोरी भन्छ, लिएर आयो । एक बर्ष भन्दा अलि बढीकि नातिनी छ । दरापाखुरा हुनेका र पैसा वालका बिहारबाट नेपाल पसेका एक सातामा नागरिक्ता बन्यो । मेरी कान्छी बुहारीको नागरिक्ता बनेको छैन । माइतीको नागरिक्ता चाहिन्छ भन्छन् प्रशासनका मान्छे । लौ तिमीलाई यो वेथा पोखेँ । मेरी बुहारीको नागरिक्ता बनाउन पहल गरीदेऊ, लागेको खर्च ब्यहोर्नेछु । दश पल्ट जिल्ला प्रशासन पुगँे सुनुवाई हुँदैन । जिल्लाका हाकिम कुरै सुन्दैनन् । मदेसीलाई हेप्छन् ।
म वथुको वेदना सुनेपछि झङ्कृत भएँ । उसलाई के भनेर चित्त वुझाऊँ । सोधेँ यो जिल्लामा को प्रशासक छ पत्ता लगाऊ तिम्रो बुहारीको नागरिक्ताको लागि पहल गरौँला ।
निन्द्रादेवीको काखमा कतिखेर पुगियो, हेक्कै रहेन ।
खानपानमा स्वादिलो पना भएपनि रात काट्ने ओछ्याउन भने हसक्क गन्हाउने रहेछन, ती साना केटाकेटीले मुतेका सारीचोला, धोती, कमिजका टुक्रा जोडेर डाट मारेर सिएर बनाएका सानानानी सुताउने थाङ्नाजस्ता थिए । तन्ना पनि मैलो थियो । सुरुमा त सिकसिक लागेर छटपटिएँ, वथुलाई भनेँ पनि ।
बिहान छ्याङ्ग उज्यालो हुँदा वथु उठेर आफ्नो सुसेधन्दामा लागेछ । एउटा बूढी गाई पालेको रहेछ । अरु बोका बाख्रा पालेका रहेछन् । परिवारका सबै सदस्य उठेर काममा लागेका थिएँ ।
म उठ्दा आकाश सफा थियो । नजिकैको बाँस झ्याङ्गमा लोहोटामा पानी बोकेर दिशा बस्न गएँ । लाज पनि लागो । तराई भारतको सीमा नजिकैको गाउँ । आजसम्म पनि पाइखाना बनाउनु पर्दछ भन्ने चेतना मनुष्यमा आइसकेको रहेनछ । आशा गरौँ, छिटै पाइखाना बन्ला । वथुलाई पाइखाना चाँडै बनाउने सल्लाह दिएँ ।
बाँस झ्याङबाट आउँदा वथुले दतिवन काटेर ठिक पारिदिएको रहेछ । त्यही दतिवन केही क्षण दाँतमा रगडेँ, लोहोटामा पानी लिएर बुहारीले मुख धुन भनेर दिइन् ।
हामी घरमा चियाको चलन छैन । नजिकै चिया पसल पनि छैन, यही एक गिलास दूध पिउ भनेर दूध पिउन दिए मलाई । तर दूध पिउन गाह्रो लाग्यो ।
कान्छी बुहारीको नागरिक्ता पाउन उसले गरेको अनुनयविनय र मलाई गरेको अनुरोधले धेरै दिनमलाई पोलिरह्यो । पूर्वी आकाशमा रातो गोलाकार भएर सुर्य देवता चम्कन लागेका थिए । क्रमिकरूपले उनको किरणले पृथ्वीलाई ढाक्दै थियो ।
कान्छो छोरा र कान्छी बुहारीलाई बोलाएर वथुले परिचय गरायो । नजिकैको बोर्डिङ स्कुलमा पढाउँछे, यो बुहारी महिनाको चार हजार रुपैया दिएका छन् । नागरिक्ता छैन । शिक्षाको प्रमाण पत्र त छ । लौ जसरी हुन्छ, उसको नागरिक्ता प्रमाण पत्र बनाई देऊ । वथु भन्दै थियो ।
विदा मागेर बाटो नाप्न आटेको थिएँ । वथु पनि कुर्था र पाइजामा भिरेर मसँगै हिँड्न तयार भयो । “हमु लाहानतक जेवै” । म पनि लहानसम्म जान्छु ।
बाटोमा भेटिएको चिया पसलमा चिया पियौँ । दुःख सुखका वात मार्ने क्रममा वथुले एउटा मार्मिक कुरा ग¥यो । हेर अशोक, विगतमा निरंकुश कालमा म र मजस्ता अरु तराईका गाउँलेले आफ्ना सन्तानको भाग काटेर यी कथित स्वार्थी व्यक्तिलाई लुकाई लुकाई घरमा राखेर भात खुवायौँ । आफ्ना छोराछोरीलाई वेथुवाको साग उसिनेर खुवायौँ । हामीले खुवाएको भातको थोरै पनि यी स्वार्थी व्यक्तिले वास्ता गरेनन्, गर्न चाहेनन् । हामी गरिबको दिन कहिले आउँछ त, हामी जहिले पनि गरिबीको रेखामुनि छौँ । यी केन्द्रिय तहका अधिकांश नेताका आफ्नै बोर्डिङ स्कुल छन् नाफा कमाउँछन् । अस्पताल खोलेर मालामाल भएका छन् । यी स्वार्थी मोरालाई जनताको वास, गास र कपासको चिन्तै छैन । हाम्रा नेपाली गरीव युवाहरू मुसलमानी मुलुकमा गएर तातो वाफमा उँट चराएर पेट पाल्दै छन् । कति त उतै सास फेर्न विर्सन्छन् ।
लहानबाट म गाडी चढेँ । वथुले हात जोडेर नमस्कार ग¥यो । नमस्कार वाई वाई ।
(उदयपुर)