जति बेला त्यो रकेटले मलाई मार्यो
म फूल रोपिरहेको थिएँ !
मेरो बाजे भन्ने गर्नु हुन्छ
वहाँको बाबुले
यो धरतीमा
धेरै सुन्दर फूल देख्नुभएको थियो ।
अब त्यो ठाउँमा
इज्रायली रकेटको टुक्रा उम्रेको छ
जसको पछाडिपट्टि लेखिएको छ
यू. एस .ए .।
मलाई
फूल एति धेरै मन पर्थ्यो कि
म ठूलो भएपछि माली बन्न चाहन्थेँ
धरतीमा फूल सजाउने माली !
त्यो समय पनि म फूल नै रोप्दै थिएँ
मेरी बहिनीले
रकेटको त्यस टुक्रालाई
माटोबाट तानेर
काँडेदार तारको उतापट्टि फ्याँकेकी थिइन्
र खितिति हाँसेकी थिइन्
मेरो एउटा साथी
धरती फुटाएर निस्केको
अर्को एउटा फूललाई हेरेर
खुसीले बेस्सरी उफ्रेको थियो ।
अर्को एउटा साथी
नजिकै उभिएको थियो
परेवा आकासमा उडिरहेको थियो !
ठीक त्यही समयमा
त्यो रकेट हामीतिरै आएको थियो
र हामी सबै मारियौँ
म, मेरी बहिनी, मेरो साथी, परेवा
र त्यो फूल पनि,
जुन धरती फुटाएर बाहिर निस्केको थियो ।
तर त्यो मैले रोपिरहेको बिरुवा
उछिट्टिएर पर पुगेर झर्यो ।
त्यसलाई
मेरो अर्को साथीले फेरि रोपिरहेको छ
उसकी बहिनी
सहयोगको लागि
दौडेर आउँदै छिन !
(अनु- बलराम तिमल्सिना)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।