मलाई आगोको भर्भर प्रिय लाग्छ अचेल र समयको असर प्रिय लाग्छ अचेल । सहर पसेपछि म मूर्दा भएको छु आमा बाले बनाएको गाँउको घर प्रिय लाग्छ अचेल । आफन्तको मायामा स्वार्थ फुल्न थालेपछि परायाकै नजर प्रिय लाग्छ अचेल । नेपाली नारीको दुर्दशा सुन्नु त पर्दैनथ्यो वाल्मीकि होइन रत्नाकर प्रिय लाग्छ अचेल । कुन हतियार पठायौ पहिलो मुस्कानमा तिमीसँगको सफर प्रिय लाग्छ अचेल । (गोरखा)