खराब जुन जुन बिचार हुन्छन् यहाँ तिनैका प्रचार हुन्छन् चलाउँछन् देश माफियाले अरे कसोरी सुधार हुन्छन् सजाय तोक्दै गरेर के भो यहाँ त कानुन् उदार हुन्छन् विकास भन्ने गफै रहेछ चुनाव ताका अपार हुन्छन् जहाँ छ तस्कर पदै नछाड्ने त्यहाँका जनता सिकार हुन्छन् । (पाेर्चुगल)