उसले सोध्यो मसँग
कहाँ हो तँपाईको घर ?
मैले सजिलैसँग जवाफ दिएँ
छैन मेरो घर ।
उसले पत्याउन सकेन
फेरि सोध्यो
पहाड घर ?
मैले फेरि उस्तै स्वरमा
जवाफ दिएँ
पहाडमा झन
छँदै छैन मेरो घर ।
उ आश्चर्यमा प¥यो
अपत्यारिलो पारामा
उसले मलाई हे¥यो
फेरि सोध्यो–
साँच्चै, हो हजुर !
छँदै छैन ।
मैले पनि हाँसेरै
जवाफ दिएँ
पत्याउँनु भएन महाशय ?
म सर्वहारा वर्गको
एउटा सवुत प्रमाण
आर्थिक समानताको लागि
वर्ग समानताको लागि
मजदूरहरुको पसिनाको
मूल्यको लागि
संघर्ष गर्दै हिँडेको म
मेरो घर छैन महाशय !
मेरो मन्द मुस्कान देखेर
उ झन तिन छक्क प¥यो
उसले सोच्यो होला शायद
बडा बडा महल जस्तै
घर हुनेहरु पनि
फेरि अर्को घर बनाउने दाउमा
भ्रष्टाचार र कमिशनको
दलदलमा फसिरहेको यो वेला
यो मान्छे विना घर
कसरी मुस्कुराउन सकेको होला ?
सर्वहारा वर्गहरुको नेतृत्व गर्दै
के साँच्चै यसले
समानताको समाज सिर्जना गर्न सक्ला ?
(बालकोट, भक्तपुर)