जसरी नि यो खबर पुग्नुपर्छ कानमा हजुरको कसरी चल्दैछ जिन्दगी मुग्लानमा हजुरको आजभोलि दिन दिनै सपनिमा भेट हुन्छ कि त सन्चो छैन भन्नुहोस् ज्यानमा हजुरको म नानी बाबू च्यापेर रातमा निदाउने गर्छु अरु को को हुन्छन् ओछ्यानमा हजुरको धनले तन मन शान्त हुन्न रहेछ फर्किनुहोस कि त अरु कोहि आयो जिवनमा हजुरको । (काभ्रे हाल- परदेश)