“ख्वामित !” भक्त जोड्सँग चिच्यायो । उसले दुबै हातहरूलाई आफ्नोहरूनाकको समानान्तर हुनेगरी लमतन्न पा¥यो । ऊ दायाँबायाँ नहेरी सोझिएको हातको दिशामा दौडदै ख्वामितको खुट्टा अघिल्तिर पुग्यो अनि चार पाऊ टेकेर यत्ति लामो जिब्रो निकाल्यो । ख्वामित्ले अलि असहज महशुस ग¥यो ।
बैठकमा बसेका अरुहरू विस्फारित नेत्रले घट्ना गोचर गर्न थाले । भक्तले ख्वामित्को पाउ दुवै हत्केलाले सुम्सुम्यायो अनि उठेर छेउको कुर्सीमा बस्यो । त्यहाँ आएका सबैजना एकआपसमा खस्याक्खुसुक् गर्न थाले ।
“हुन्छ, मैले तपाईँहरू सबैको कुरा सुनेँ । म विचार गर्छु यस विषयमा ।” ख्वामित् अर्थात मुख्यमन्त्री ज्ञानबहादुर कटुवालले कुरा राखेर बैठक सक्ने निधो ग¥यो । सबैले मुण्टो तलमाथि गरेर हल्लाए अनि नमस्कार टक्र्याउँदै विदा भए ।
ज्ञानबहादुरले भक्तको पाखुरा समाएर भित्री कोठातिर तान्यो ।
“के गरेको यस्तो ? यति धेरै मान्छेहरूको अघिल्तिर…..लाज लाग्दैन ?” ज्ञानबहादुरले हका¥यो ।
“मैले हजुर मात्र एक्लै होइसिन्छ भनेर….. अरु छन् भन्ने त मेसै भएनछ ।” भक्तलाई राम्रैसँग थाहा थियो कि ज्ञानबहादुर मनमनै त प्रसन्न थियो भन्ने कुरा ।
“ल भन भक्त, के समाचार ल्यायौ ?” काँधमा बेरेको गाम्छाले हत्केला पुस्दै ज्ञानबहादुरले सूचना माग्यो ।
“ख्वामित् ! जयजयकार छ सबैतिर । मान्छेहरू त खुसी छन् । हजुर मुख्यमन्त्री भएको डेढ बर्ष त भयो ।” भक्तले हात जोडेरै बोल्यो ।
“तिमी त्यसो भन्छौ । यी स्थानीय पत्रिकाहरूले त धुवाँधुलोले हिँडन नसक्ने अवस्था छ भनेर लेखेका छन् त !” ज्ञानबहादुरले प्रश्न ग¥यो ।
“धत्, फटाहाहरू ! जे पायो त्यहि लेख्दा रहेछन् । बाटोका धुवाँधुलो त छु मन्तर भइसक्यो ।” भक्तले कुरा विसायो ।
ज्ञानबहादुर अलिकति घोरियो ।
“यस्ता मेडियाको कुरा सुनेर साध्य छैन । पुर्वाग्रही छन् पुर्वाग्रही । हजुरप्रति ।” भक्तले ज्ञानबहादुरका चक्षुमार्गमा पर्दा लगायो । त्यसपछि आफ्नोहरू दाहिने हत्केलाले आफ्नोहरू टाउकोको पछाडिको कपाल कन्याउँदै फेरि बोल्यो “ख्वामित्, यी पूर्वाग्रही मेडियाहरूलाई प्रदेश मातहतबाटै नियन्त्रण गर्ने थप कानून ल्याउन ढिलाइ पो भएको हो कि !”
ज्ञानबहादुर गम्भिर बन्यो ।
यतिन्जेलमा खाना पाकिसकेको रहेछ । भक्तले पनि त्यहिँ खायो । दुबैजना गाडि चढेर मन्त्रालय हिँडे ।
ज्ञानबहादुरको गाडी चलाउने चालक पनि भक्तले नै व्यवस्था गरेको आफन्त थियो । मन्त्रालय जाँदा आउँदा कालोपत्रे भएका बाटोहरूबाटै लैजान्थ्यो उसले पनि । कहिले एकतिरबाट लान्थ्यो भने कहिले अर्कोतिरबाट तर कालोपत्र भएकै बाटोबाट लैजान्थ्यो गाडी । ज्ञानबहादुर मनमनै आफैप्रति गर्ववान्वित हुन्थ्यो ।
आज पनि उसले गाडिको शिशाबाट दायाँबायाँ हे¥यो । सफा देख्यो बाटो । बाटोमा, तर पनि अधिकाँस मानिसहरूले नाकमुख मास्कले छोपेर हिँडिरहेका देख्यो उसले । त्योबेला कोरोनाको सन्त्रास थिएन विश्वमा ।
“भक्त, धेरैले मास्क लगाएर हिँडेका छन् त !” ज्ञानबहादुरले सोध्यो ।
“राम्रो काम गरेको सहन नसक्ने एउटा जमात छ नि, ख्वामित् । मास्क नलगाएका पनि त हिँडिरहेका छन्, हेरिस्यो न ।” गाडिको अगाडिपट्टिको सिटमा बसेको भक्तले मुण्टो पछाडि फर्काएर भन्यो ।
त्यही दिन दिउसोको कुरा हो । मन्त्रालयको नजिकै रहेको एउटा विद्यालयको प्राङ्गणमा पर्यावरण सम्बन्धि कार्यक्रममा ज्ञानबहादुर प्रमुख अतिथि भएर सहभागी भयो । उसको मनमा विहान मन्त्रालय आउँदाको धङधङी घुमिरहेको रहेछ । मन्तव्य दिने क्रममा “म मुख्यमन्त्री भएको यो डेढ बर्षमा धुवाँधुलो नियन्त्रण हुँदै आएको छ । मन्त्रालयबाट यहाँसम्म म हिँडेरै आएँ । मैले मास्क लगाउँनु परेन । मास्क लगाएर तपाईँहरूले पनि सरकारले काम गरेन भन्ने सन्देश नदिनुहोस् ।” उसले मुख चोसो पारिपारि खुब कुरा छाँट्यो त्यहाँ । भेला भएका मानिसहरूले मुखामुख गरे । मुख्यमन्त्रीले बोलेको बेला हल्ला गर्नु अनुशासन हुन्नथ्यो ।
मुख्यमन्त्रीले बोलेको कुरा डढेलोझैं फैलियो चारैतिर । पत्रिकाहरूले ठट्यौली गरे । मानिसहरूले फेसवुकका पर्खालमा अनेक खालका कार्टुनहरू आदानप्रदान गरे । ज्ञानबहादुरका पार्टीका अरु नेताहरूलाई खुब चिन्ता लाग्यो यसखाले प्रचारबाजीका कारण ।
भोलिपल्ट नै बैठक बोलाइयो । बैठकमा टिकाटिप्पणी भयो ।
“मुखमा जे आयो त्यहि बोल्ने ?” एकजना नेताले त कुर्सीको डाँडीमा मुड्की बजा¥यो ।
“मन्चमा माइक समाउने वित्तिकै प्रतिपक्षीलाई गाली गर्ने तपाईंको शैली ठिक भएन । हारेकालाई सरापेर के हुन्छ ? जनताले रुचाउँने काम गर्नु न !” अर्को नेताले पनि आक्रोशित भावमा सुझाव दियो ।
ज्ञानबहादुर मुरमुर भयो भित्रभत्रै । बैठक सकेर ऊ क्वार्टर फर्कियो ।
बेलुका भक्त सहित अरु तीनजना सल्लाहकारलाई राखेर उसले सानो जमघट ग¥यो ।
“सुरुप्प” लोकल कुखुराको मासु चपाइसकेर व्हिस्कीको एक चुस्की लगायो ज्ञानबहादुरले । अरुले पनि सँगै चुस्की लगाए ।
“मलाई पार्टीबाटै सहयोग भएन ।” व्हिस्कीले भिजेको दुबै ओठलाई ज्ञानबहादुरले जिब्रोले चलायो एकपटक ।
“हजुरको लोकप्रियताले जलेका हुन तिनीहरू । फेरि पनि हजुरले नै मुख्यमन्त्रीको टिकट पाउँनुहुन्छ भनेर ईख गरेका हुन् ।” नीलो भेष्ट लगाएको एउटा ठिटोले फुर्तिका साथ भन्यो ।
ज्ञानबहादुरले दाहिने हातको कान्छी औंलामा पालेको लामो नङले दाहिने कान कोट्यायो । नङमा अलिकति सुख्खा कानेगुजी टाँसिएको रहेछ । उसले ‘फू’ गरेर उडायो अनि बोल्यो, “उहिले एउटा नेताले हाम्रै सरकारलाई फू गरेर ढाल्छु भन्थे । त्यस्तै सोचेका होलान् । त्यति कमजोर त म पनि छैन ।”
वरीपरी भेला भएकाहरू ट्वाल्ल परेर ज्ञानबहादुरलाई हेरिरहे । भक्तको मुख चिलायो । केही बोलुँलाझैँ गरी ओठ हल्लायो उसले ।
“के भन्न खोजेको, भक्त ?” ज्ञानबहादुरले भक्तको ओठको गतिविधि ठम्याइहाल्यो ।
“ख्वामित् ! एउटा गोप्य खबर थाहा पाएको थिएँ । भरे भनौं होला ।” भक्तले विन्ति विसायो ।
ज्ञानबहादुरले आँखाको ईसाराले हुन्छ भन्यो । एकछिन धेरै विषयमा कुराकानी गरे उनीहरूले । कार्यकर्ता ठिटाहरूलाई ह्विस्की चढिसकेको थियो । अण्टसण्ट बोल्न थालेका थिए । जे होस् त्यो गफगाफले एउटा निस्कर्ष निकाल्यो– सामाजिक सन्जालमा ज्ञानबहादुरको प्रसंशामा धेरैभन्दा धेरै कुराहरू राख्ने । भक्तले त अझ अगाडि बढेर अरु नेतृत्वकर्तालाई सामाजिक सन्जालमा सक्दो खुइल्याउँन आफन्त नातेदारहरूलाई प्रयोग गर्न अह्रायो । त्यहाँ भेला भएका प्रत्येकले फेसबुकमा थप पाँच⁄पाँचवटा खाता खोल्ने र ज्ञानबहादुरको प्रसंशा र अरुको खोइरो खन्ने निधो गरे ।
“यो पनि आन्दोलनको एउटा पाटो हो ।” भक्तले उत्साहित हुँदै भन्यो अनि ज्ञानबहादुरतिर पुलुक्क हे¥यो ।
एकछिन बसेपछि सबैजना विदा भए । भक्तचैं बस्यो त्यहीँ । महत्वपूर्ण योजना सुनाउँनु थियो उसलाई । ज्ञानबहादुरले आँखीभौँ हल्लाएर कुरा शुरु गर्न भन्यो । भक्तले यताउति हे¥यो अनि उठेर छेउको झ्यालको खापा लगायो । ऊ ज्ञानबहादुरको कानको छेउमै आयो अनि साउती गर्न थाल्यो, “त्यो हस्तबहादुर छ नि, हजुरसँग चुनाव हार्ने मान्छे । उसको भाइसहित एकहजारभन्दा बढी मान्छे हाम्रोमा आउँने रे !”
“हँ, हो र !” अनुहारमा कान्ति आयो ज्ञानबहादुरको ।
“दुईसय प्रतिशत हो । हस्तबहादुरको भाइ आफैले मसँग कुरा गरेको आज बिहान ।” भक्तले थप दम लगायो ।
“लौ व्यवस्था गर । यति भयो भने त यी पार्टीका कुखुरे साथीहरू कराउँदै गर्छन्, म चिल बनेर फुर्र !” ज्ञानबहादुरको अनुहारमा झन चमक आयो ।
त्यो दिनदेखि भक्तले योजना कार्यान्वयनमा तीब्रता ल्यायो ।गोप्य भेटघाट, छलफल चल्यो । हस्तबहादुरको हेपाहा शैलीको विरोध गर्दै उसकै भाइले एकहजार त सक्रिय मान्छे लिएर आउने बचन दियो । पार्टी प्रवेशपछि आगामी चुनावमा कम्तीमा मेयर सम्मको टिकट दिनुपर्ने शर्त थियो उसको । भक्तले पनि ज्ञानबहादुरलाई भनेर केन्द्रसम्म कुरा गर्ने र केन्द्रकै अध्यक्ष बोलाएर पार्टी प्रवेश गराउने बाचा ग¥यो ।सबै निश्चित जस्तो भयो भन्ने भएपछि ज्ञानबहादुरले एउटा उद्घाटन समारोहमा फुर्ती लगाउँदै बोल्यो, “अबको एक महिनाभित्र मेरो लोकप्रियताको प्रमाण सबैले देख्नेगरी राजनैतिक रङ्गमञ्चमा देखापर्नेछ ।”
उसको यो भनाइले तरङ्ग ल्यायो । सबैले सोधीखोजी गरे ज्ञानबहादुरसँग । ज्ञानबहादुरले पनि कुरालाई थप रहस्यमयी बनाएर आफ्नोहरू महत्ता देखाउन खोज्यो ।
पार्टीको बैठक बस्यो ।
“कस्तो लोकप्रियताको कुरा गरेको तपाईंले ?” पार्टीका एक समकक्षीले प्रश्न गरे ।
“तपाईँलाई जनताले ज्ञानबहादुर हैन, कुराबहादुर भनिसके ।” अर्का समकक्षीले पनि कुरा राख्यो ।
“समाजवाद, कता गयो, कमरेड ?”
“पार्टी र सरकारश्रमजीवीको हैन, तस्करको हुन लागि सक्यो, ख्याल छ तपाईँलाई ? अझ लोकप्रियताको कुरा देख्न लाज लाग्दैन ?”
प्रश्नहरूले घे¥यो ज्ञानबहादुरलाई ।
तनाव र रस्साकस्सीकाबीच ज्ञानबहादुरले भक्तलाई समकक्षीहरूको दह्रो प्रतिवाद गर्न आदेश दियो । भक्तले ज्ञानबहादुरकै अर्का विश्वासपात्रको सहमति लिएर त्यो विश्वासपात्रकै नाममा फेसबुक खाता खोलेको थियो । पार्टीका समकक्षी र प्रतिपक्षीहरूलाई दनक दिनुपरे त्यही खाता प्रयोग हुन्थ्यो । पार्टीका धेरै मानिसहरू त्यो फेसबुकको खातामा साथी बनेका थिए । ज्ञानबहादुरको विश्वासपात्र भएकोले एकातिर त्यो ज्ञानबहादुरकै भावना अभिव्यक्त हुने खाता पनि थियो भने अर्कोतिर ज्ञानबहादुरको आफ्नोहरू खाता नभएकोले ऊ सम्भावित विवादबाट पनि जोगिन सक्थ्यो । भक्तले त्यही अर्को विश्वासपात्रको खाताबाट फुत्त भनाइ टत्र्mयायो “कुखुराको छाति भएकाहरूले चिलले उड्ने उचाइको बारेमा कन्कन् किन गर्ने ?”
अब त पार्टीभित्रको शीतयुद्ध झन उकुसमुकुस भयो ।
ज्ञानबहादुरले ल्याउने यस्ता उटपट्याङ्ग कहानीहरूको फेहरिस्त बताएर त साध्य नै छैन । छ महिना अगाडि पनि यस्तै भएको थियो । प्रदेश सरकारबाट नियुक्ति गर्न पाउने एउटा महत्वपूर्ण पदमा ज्ञानबहादुरले एकजना व्यापारी पृष्ठभूमीको मानिसलाई नियुक्त गरेको थियो । नियुक्ति पाउने व्यक्ति राम्रो छवीको हैन भन्दै पार्टीका समकक्षीहरूले औंलो उठाएका थिए । त्यसैक्रममा एकदिन ज्ञानबहादुरले भक्तसँग सल्लाह ग¥यो । भक्तले दिएको सल्लाह अनुसार एउटा पार्टी प्यालेसमा कार्यक्रम राखिएको थियो । त्यो नियुक्ति पाउँने मानिससमेत अतिथि भएको कार्यक्रममा ज्ञानबहादुरले हौसिँदै बोलिहाल्यो, “अरुले नियुक्त गरेको पदाधिकारीको चरित्रको अंक शुन्यभन्दा अलिकति माथि मैले नियुक्त गरेको पदाधिकारीको चरित्र एकसय अंकभन्दा धेरै माथि ।”
परर्र ताली बजाएका थिए ज्ञानबहादुरका प्रशंसकहरूले । ज्ञानबहादुरको यो बोलीको फेसबुक, पत्रिकाहरूमा खुब टिकाटिप्पणी चलेको थियो । टिकाटिप्पणी चलिरहेको पाँचदिन जति भएको थियो, त्यो नियुक्ति पाउने मानिस आफ्नै कार्यालयको महिला सहकर्मीलाई पछाडिबाट समातेर अठ्याउँदै गरेको सिसिटिवी क्यामराको चलचित्रबाट भाइरल पो भयो ।
“यो भाइरल काण्डले मुख्यमन्त्री पद र हाम्रो पार्टीको समेत हुर्मत लिएको छ ।” पार्टीका समकक्षीले फेसबुकको पर्खालमा लेखिहाले ।
प्रतिवादमा भक्तले बनाएको ज्ञानबहादुरको विश्वासपात्र भनिएको मानिसको फेसबुक वालबाट भनाइ फर्काइहाल्यो, “भिडियो एडिट गरेर बदनाम गर्न बनाइएको हो ।”
नियुक्ति पाउने व्यक्तिले नैतिकता देखाएर राजिनामा दियो तर पनि ज्ञानबहादुरले आफूले गरेको त्यो नियुक्ति गलत भएछ भन्दै भनेन ।
अहिले पनि प्रतिपक्षी पार्टीको नेतृत्वकर्ताको भाइसहित हजारौँलाई पार्टीमा ल्याउँन बुनिएको तानाबानाले आफूलाई समकक्षीभन्दा कयौँ गुणा अग्लो व्यक्तित्व बनाउँनेछ भनेर ऊ मख्ख थियो । भक्त र ऊजस्तै अरुहरूले पनि उसको उम्लिएको दिमागमा तलबाट झन्झन् अगुल्टो ठोस्दै थिए ।
ज्ञानबहादुर पनि चानचुने मान्छे त हैन नि ! केन्द्रको अध्यक्षको दाहिने हात हो ऊ । केन्द्रको अध्यक्षले अरु नेतृत्वकर्ताहरूसँग छलफल नै नगरी डेढ बर्ष अगाडि उसलाई मुख्यमन्त्री बनाउँन हस्तक्षेप गरेको थियो । अबको यो ठूलो योजना पनि पार्टीका अरु नेतृत्वकर्ताले चाल नपाई केन्द्रको अध्यक्ष र आफू मिलेर गर्ने र सबै श्रेय आफूहरूले मात्र लिएर अरुलाई पाखा पार्ने भन्ने थियो ज्ञानबहादुरको ।
हस्तबहादुरको भाइ सहितको दलबल पार्टी प्रवेश गर्ने नै भयो भनेर भक्तले विस्वस्त पारेको थियो ज्ञानबहादुरलाई । ठूलो सभागृहमा सबै तारतम्य मिलाइसकेपछि ज्ञानबहादुरले भक्तलाई सोध्यो, “सब ठिक छ ?”
“हजुरले चिन्ता लिनैपर्दैन, ख्वामित् !” भक्तले टाउको हल्लाउँदै उत्तर दियो ।
सुत्नेबेलामा ज्ञानबहादुरले आफ्नोहरू विश्वासपात्रको फेसबुक खाताबाट लेख्न लगाइहाल्यो, “भोलि विहान एघारबजे प्रतिपक्षी समूहमाथि चट्याङ्ग बर्सिँदै ।”
राति अबेरसम्म पार्टी समकक्षीहरूले फोनको घण्टी बजिरह्यो । घण्टीको आवाज नआउने गरी राखेकोले उसको निन्द्रामा खलल् परेन ।
भोलिपल्ट सभागृहमा तुल र झण्डाले सजिएको मन्च तयार भयो । केन्द्रबाट केन्द्रीय अध्यक्ष पनि आएर होटलमा बसिसकेको थियो । ज्ञानबहादुर विविध विषयमा केन्द्रीय अध्यक्षसँग होटलमा छलफल गर्दै थियो । विहानको साढे नौ बज्न लाग्दा प्रतिपक्षी पार्टीको नेतृत्वकर्ता हस्तबहादुरको फोन आयो ज्ञानबहादुरलाई “हाम्रो सामान्य घर झगडामा तपाईँले खेल्न खोज्नुभयो । तपाईँ असफल ! पूरै असफल !!”
ज्ञानबहादुरको ओठमुख सुकेर फुस्रो देखियो । ऊ जुरुक्क उठेर होटलको बाहिरी कक्षमा निस्कियो अनि भक्तलाई फोन ग¥यो ।
“रातारात सब कुरा उल्टियो । हजुरले हिजो फेसबुकमा लेख्न लगाएको कुराले बर्बाद ग¥यो, ख्वामित् !” भक्तले डाको छाड्दै बोल्यो ।
ज्ञानबहादुरको तालु मुन्तिर अर्को ज्ञान फु¥यो । उसले तुरुन्त आदेश दियो, “पार्टी प्रवेश कार्यक्रम त जसरी पनि हुनपर्छ ।”
ज्ञानबहादुरले खोलाकिनार वरपर छाप्रो हालेका मानिसहरूलाई भेला गराएर पार्टी प्रवेश कार्यक्रम सफल पार्नुपर्छ भनेर भक्तलाई सुझायो ।
“त्यसका लागि खर्चवर्च ?” भक्तको प्रश्नको उत्तर दिँदै भन्यो ज्ञानबहादुरले “गएको महिना सूचना प्रविधि सम्बन्धी परियोजनाबाट व्यवस्था भएको थियो नि ! त्यहि प्रयोग गर न । तिम्रो चुनाव लड्ने खर्च म पछि मिलाउँला ।”
ज्ञानबहादुरको यो योजना पनि असफल भयो । त्रिपालले ढाकिएका तीनवटा ट्रक सहित दुईवटा गाडी लिएर जान भक्तले दशजना सुण्डमुसुण्ड खटाएछ । सुकुम्बासी बस्तीमा अकस्मात यति चहलपहल बढेको देखेर पत्रकारहरू पुगिहालेछन् । सुण्डमुसुण्डहरूले त कुलेलम ठोके तर पत्रकारहरूले सुकुम्बासीहरूबाट पार्टी प्रवेशको नालिबेली थाहा पाइहाले । तत्काल टेलिभिजनको पर्दामा बृतान्त देखा प¥यो ।
“तपाईँले तत्काल नैतिकताका आधारमा राजिनामा दिनुहोस् ।” केन्द्रीय अध्यक्ष बसेको कुर्सीबाट जुरुक्क उठ्यो । ज्ञानबहादुर ट्वाल्ल प¥यो । कसैले थाहा नपाई आइपुगेको केन्द्रीय अध्यक्ष कसैले थाहा नपाई केन्द्रतिर लागिहाल्यो ।
ज्ञानबहादुरले आँखाभरी आँशु पारेर भक्तलाई मोबाइलबाट फोन ग¥यो । भक्तले फोन देख्यो तर उठाएन । यो घटनामा भक्त प्रत्यक्षरुपले जोडिएको देखिन्नथ्यो कुनै कोणबाट पनि । फोन आइरह्यो । उसले स्वीच अफ ग¥यो । एकैक्षणमा भक्त पार्टीको अर्को नेतृत्वकर्ताको बैठक कक्षमा पुगिसकेको थियो ।
“ख्वामित !” भक्त जोड्सँग चिच्यायो । उसले दुबै हातहरूलाई आफ्नो नाकको समानान्तर हुने गरी लमतन्न पा¥यो । ऊ दायाँबायाँ नहेरी सोझिएको हातको दिशामा दौडदै सम्भावित ख्वामितको खुट्टा अघिल्तिर पुग्यो अनि चार पाउ टेकेर यत्ति लामो जिब्रो निकाल्यो ।