यस संसारमा मूर्खको औषधी बन्छ होला र !
औषधी नै खुवाएर बुद्धिमान् हुन्छ होला र !
सकारात्मक, शान्ति, विकास उसका निम्ति घाँडो
शङ्कैशङ्काले उसको जिन्दगी झान्छ होला र !
बनावटी, कृत्रिमता अनि बाहिरी संसारमा
रम्ने-रमाउने आजको मान्छेले धान्छ होला र !
छन् गाउँ-गाउँ अधिकारवाला छोटे राजाहरू
संसारको सृष्टि-रचना भएको ठान्छ होला र !
बेइमान् र झुटा-ढाँट आश्वासनका पोकाहरू
सबै सामु फुकाएर कसले ठूलो मान्छ होला र !
सत्य-तथ्य र यथार्थ सत्य युगमा रहिरहे
खज्मज्, गोलमाल र गञ्जागोलता चान्छ होला र !
घमण्ड, अहम् र अभिमान् शक्तिशाली उसका
उल्टोलाई सुल्टो देख्नेले संसार छान्छ होला र !
(ओखलढुङ्गा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।