नेत्रहीन यो सरकार अहँ! देख्दैन सडकको कथा
कहिलै रोक्न सक्दैन चक्काजाम टायरको प्रथा।
टल्कने जुत्ता देखाउँदै रातो कार्पेटमा सजिन्छन्
तर बुझ्दैनन् डोको बोक्ने डोल्पा बासीको व्यथा।
बुढेसकालमा मुजा परेका ती अनुहारले भनि रहन्छ
भो अब नसोध सपनामा आएर कस्तो छ अवस्था।
क ख सिक्ने समयमा हिँड्न सिकायौ जंगलतिर
आखिर जन्ता मारेर (हाँसी) कति खान्छौ भत्ता।
(एडिलेड, साउथ अष्ट्रेलिया)












