मैले मात्रै एकोहोरो सम्झिए जस्तो लाग्यो
तिमीले भने चटक्कै बिर्सिए जस्तो लाग्यो ।
नमिलेको हामी बीच जात मात्रै त थियो नि
समाज् ठूलो ठानी धोका दिए जस्तो लाग्यो ।
नसोंच्ने म जवर्जस्ती,तिमी पनि खै कस्ती
कुसंस्कृतिको भेलमा होमिए जस्तो लाग्यो ।
न थिए, न त छन्, तिमी बाहेक मेरा प्रेमी
पक्कै तिम्रा संस्कार मिल्ने थिए जस्तो लाग्यो ।
मात लायौ शुरूमा, पछि बात लायौ र त
प्रेमिल् नशा पिएर मातिए जस्तो लाग्यो।
भोक छैन, निद् लाग्दैन, रगतमै तिमी बग्दा
माया उकुसमुकुस भै बाफिए जस्तो लाग्यो ।
समाजकै विभेद् हो,चोखो माया बन्देज् भो
पवित्रदीपले गर्दैन बिहे जस्तो लाग्यो ।