यस्तो लाग्दो रहेछ एक न एक चोटी त
सलाई पनि बल्दैन नि हजुर नघोटी त !
कैयौँ नसोचेका यात्रा पनि भइदिन्छन्
आफै पागल बनी हिँड़्छ र को अठोटी त !
रक्सी नपिउने मान्छे केको आधुनिक
बाजेले पनि खाएथे चिया र पाउरोटी त !
आरोप मलाई मात्र लाग्यो खेलाडी भन्ने
चालुन्जेल उस्ले नि चालेकै हो गोटी त !
साह्रै पीड़ादायी यार बचनका चिमोटाई
भुतुक्कै नमार न ए चिमोटी चिमोटी त !