दिउँसै आज राज पार्न खोजिरहेछन् किन कसैले ?
अँध्यारोमा के–के गर्ने सोचिरहेछन् किन कसैले ??
बिश्वासको खडेरीमा कहाँ हरायो महा–मानवता
आपसमै किन आगो झोसिरहेछन् किन कसैले ??
इज्जत र इमान छैन, छैन रे मातृभूमिको माया
गाई मारी गधालाई पोसिरहेछन् किन कसैले ??
नत शुन्दर बाटो उनको, नत पवित्र विचार मनको
मुक्ति–मार्ग छोडी मृत्यु रोजिरहेछन् किन कसैले ??
सम्झ तिमी सोच अब मानिस हुन चाहन्छौ भने
बाँच्न पाउने अधिकार खोसिरहेछन् किन कसैले ??