फेरि मैले आज सपना देखेँ
आँखाहरु न हुन् सजाएर राखेछन् ।
समुन्द्रमा ठूलो पानीजहाज
ओर्लिएपछि
छोडिजान्छ पर पर
आँखाबाट ओझेल नहुन्जेलसम्म ।
कहिलेकाहीँ आइदिन्छन्
त्यो पनि सपनीमा
आँखाहरु त हुन्
क्यामेराको पिक्सेल र मेमोरि जस्तो
सधैँ भरिलाई क्याप्चर गरेर राख्छ ।
त्यस्तै हो रेल पनि
हवाइजहाज पनि
छोडिजान्छ पर पर
आँखाबाट ओझेल नहुन्जेलसम्म ।
सँगै सँगैका रमाइला साथहरु पनि
कोही पढ्न भनेर
कोही लड्न भनेर
कोही कमाउन
कोही मन बुझाउन
जान्छन् पर पर
आँखाबाट ओझेल भएर
अन्तै कतै
अर्कै ठाउँमा ।
तर आइदिन्छ बेला बेलामा
सपनि बनेर
उनीहरु संगको
रमाइला क्षणहरु ।
कोही फर्किआउछन् फेरि
प्रत्यक्ष
आँखाको सामुन्ने ।
तर कोही केवल
सजिरहन्छन् आँखामा
सपना बनेर
फेरि फेरि देखिनलाई ।
(लस एन्जेलस)