हाँगाहरु पर परसम्म फैलिएर लत्रिएको झ्याम्म परेको एउटा काँढे जङ्गली फूलको झाङमुनि हामी बस्थ्यौँ । चारैतिर फूलका हाँगाहरु फैलिएर ग्वाम्लाङ्ग बाक्लो खास्टो ओढेजस्तो थियो हाम्रो घर । फूलको त्यस झाङको अगाडि र पछाडिबाट बुट्यान पन्छायर हामीले ससाना द्वार निर्माण गरेका थियौँ । त्यहीँबाट हामी पस्ने र निस्कने गथ्र्यौं अर्थात् यसो Read more
म हाँसेको देख्यौ, जलेको देखेनौ नियतिले मलाई, छलेको देखेनौ । आफ्नै सपनाको महल, ठडाइरह्यौ मेरो सपनाको महल, ढलेको देखेनौ । बाहिरबाट हेर्यौ, शान्त, शीतल देख्यौ मनमा आँधी-हुरी, चलेको देखेनौ । के दिउँ तिमीलाई, मेरो प्रेमको सबुत ? तिम्रै यादले पलपल, गलेको देखेनौ । (काभ्रे) Read more
प्रिय छोरी ! तिमी विश्व मानचित्र पल्टाएर आफू अनुकुलको देश खोजिरहिछ्यौ म आफ्नै घरबाट हराएको मेरो नाम खोजिरहेकी छु । तिमी महासागरको कुरा गछ्र्यौ आइफल टावर फन्को मार्छु भन्छ्यौ म यति बेला मेरै चोकसित बिरानो छु । मलाई त वाग्मतीको सफा पानीमा मेरो देशको प्रतिबिम्व हेर्न मन छ लाग्छ म Read more
रगत पसिनाले सिंचित माटोमा अङ्कुरित बिज हुर्काउँदै पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् । गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् बेरोजगार बहादुर र कान्छाहरु । पूर्णीमालाई लखेटेर औँसीले साम्राज्य गरिरहेको Read more
प्राचीन संग्रहालय अवलोकन गर्न प्राचीन दरबारतिर लम्किरहेका नवयुवाहरूको हुललाई देखेर सरकारी कार्यालयको एउटा भूतपूर्व पालेले भन्यो हे नवयुवा हो ! तिमीहरू प्राचीन संग्राहलय मात्र किन हेर्छौ ? बरु नवीन संग्रहालय हेर । त्यहाँ महल बनाएर मुलुक बनाएको बिल छ सेतो बालुवा छरेर कालोपत्रे सडक बनाएको बिल छ श्रीमती सजाएर कार्यालय Read more
स्थान एउटै समय एउटै तर संख्या फेरियो जब स्थान र समय फेरिनेछ तब विश्वास पनि फेरिनेछ कारण मान्छेका मन हलचल भइरहन्छन् भूत, बर्तमान र भविष्यको लेखाजोखा गर्ने तराजु मनभित्र बसिरहन्छ । (स्याङ्जा) Read more
(१) नेता को को बन्यो ? प्रश्न जरुरी छ नेता कसरी बन्यो ? प्रश्न जरुरी छ नेताले के गर्यो ? प्रश्न जरुरी छ नेता कसरी धनी ? प्रश्न जरुरी छ । (२) असार आउँदा केही घर बगाएर लैजान्छ चुनाव आउँदा इमानदार हराएर गै जान्छ लुटिने त आखिर सोझा Read more
कोही आज बलिदान दिइरहेको छ, कोही बलिदानी बेचेर बाजिरहेको छ । उस्ले कुकर्म गर्दा पनि छुट हुने भए, कुन कानुनले ऊ बाँधिरहेको छ ? जिउँदै मान्छेलाई श्रद्धाञ्जली भन्छ, देखेँ आज मलामी जाँदा हाँसिरहेको छ । इमान बेचिसक्यो, इनाम बेचिसक्यो त, अब आफै बेचिन मात्रै बाँकी रहेको छ । सरम कत्ति Read more
इतिहास तिम्रो कोरिने छ दिल, तोडेको नाममा यता धोका दिएर उता सम्वन्ध, जोडेको नाममा । दुःखी पीडितको मनमुटुलाई, खेलौनाझैँ सम्झिएर स्वार्थ पूर्ति गर्न फेरि अन्तै पाइला, मोडेको नाममा । जिन्दगीको हरेक यात्रा सँगै गर्ने बाचा कसम थियो तर आज बाचा भुली बिचबाटो मै, छोडेको नाममा । फुल्दै थियो, फक्रदै थियो Read more
मेरो एउटा साथी छ सयमा उनान्सय जाती छ मात्र एउटै गुण नजाती छ पाइलैपिच्छे खुट्टा तान्छ काँधमा चढी पिँठ्युमा हान्छ । भेट हुँदा लरक्कै पार्छ पछाडि परे कुरै काट्छ आफ्नो भविष्य खोज्नभन्दा धेरै षड्यन्त्रको चक्रव्यूह रच्दछ मेरै । आफ्नै बुद्धि र विवेकले काम गरौँ घमण्डी भन्छ अलिकति ठाउँ दियो टाउको Read more